
राम बिक, कैलाली । लगातार बर्षाका कारण कैलालीकाे घाेडाघाेडी नगरपालिका वडा न २ स्थित बाैराह नदिमा रहेकाे काठेपुल बाढिले बगाएकाे छ । गएराती देखि अाएकाे बर्षातका कारण राती नै पुल बाढीले बगाएकाे स्थानीयले बताएका छन्।

पुल पुर्ण रुपमा जिर्ण,हुदा हरेक बर्ष बर्षात याे समस्या त्यहाका स्थानिय नागरिकले झेल्दै अाएका छन। अहिले पुल बगाउदा स्थानीय नागरिकलाइ अावतजावत गर्ने कठिनाइ भइरहेकाे स्थानीय पवन चाैलागाइले बताएका छन्।

वडा न ६ र वडा न ८ का दैनिक रुपमा सयाैकाे संख्या मा मानिसहरु पुल भएर बजार अाउने, जाने गरेका स्थानीहरु बताउछन्।

गाउँ – गाउँ मा सिंह दरवार नारा सहित जनप्रतिनिधि अाएकाे झन्डै चार बर्ष बित्याे । तर पुल मर्मत तथा निर्माणकाे बिषयमा जनप्रतिनिधि कुनै चासाे नदिएकाे स्थानीय अाराेप छ।
















































। १५ भाद्र २०७८, मंगलवार