
जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको छिन्चु–जाजरकोट सडक खण्ड सुचारु भएको छ । सडकमाथिबाट आएको पहिरोले सोमबार बिहानदेखि अवरुद्ध बनेको सडक झन्डै १० घण्टा पनि सूचारु भएको हो ।
सल्यानको बनगाड कुपिन्डे नगरपालिका –११ रैकरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । बनगाड कुपिण्डे नगरपालिकाको जेसिबिको सहयोगमा सडक सुचारु भएको नगरपालिकाले जनाएको छ ।
सडक अवरुद्ध हुँदा रुकुम पश्चिम, जाजरकोट, डोल्पा र सल्यानबाट नेपालगञ्ज जाने र आउने सवारीसाधनहरु बीच बाटोमै रोकिएका थिए । यस्तै सल्ली – खलंगा सडकखण्ड भने वानवय सञ्चालनमा आएको ।
बनगाड कुपिण्डे नगरपालिका – ६ को बयालडाँडा नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको थियो । दुवै तर्फबाट आवतजावत गराउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
















































। १४ भाद्र २०७८, सोमबार