जंगली जनावरको आतंक, किसान भन्छन, ‘मकै जोगाउन खेतवारीमा रात वित्छ’

                                                                                 फाईल तस्वीर
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका २ का रतनबहादुर नेपालीको दैनिकी दिनभर खेतवारीमा वित्छ । खेतवारीमा काम गर्नका लागि भने उनी बसेका होइनन् खेतबारीमा लगाएको मकै जंगली जनावर बाट बचाउन खेतवारीमै दिन विताउने गरेको उनी बताउँछन् । उनले भने, ‘कति वेला बाँदर, स्याल आउँछन् सबै मकै सकेर गई जाने रहेछन, एक बगाल बाँदर आयो भने सबै खेतवारीको मकै सखाप पारिदिन्छन् ।’

‘अरु घरका सदस्य घरायसी काममा व्यस्त हुन्छन म भने विहान वेलुका मकै जंगली जनावर बाट बचाउन खेतको डिलमा बस्ने गरेको छु’ उनले थपे । दिनमा भए त अलि जोगाउन सकिन्छ, रातमा पनि दुम्सी आउने भएकोले टर्च लाईटको भरमा रातभर बस्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । जंगलको छेउमा खेतवारी भएकोले आफुलाई जंगली जनावर बाट कसरी मकै जोगाउन सकिन्छ भन्ने चिन्ता लागेको उनी बताउँछन् ।

उनी मात्र होइन, बारेकोट गाउँपालिका २ ध्यारगाउँका विष्णु गिरीको दैनिकी पनि रतनबहादुर नेपालीको जस्तै वित्छ । उनले भने, ‘बर्खाको समय आयो की चिन्ता लाग्न थालिहाल्छ,

दिनमा त सबै हेर्नु छ तर रातभर पनि जंगली जनावरले सबै मकै सखाप पार्ने भएकोले रातभर जाग्राममा बस्नुपर्ने बाध्यता छ ।’ उनले लगाएको ३ रोपनी जग्गाको मकै आफुले दुःख नगर्ने हो भने जंगली जनावरको आहारा बन्ने उनको भनाई छ । रातभर खेतवारीको डिलमा बसे पनि जंगली जनावरले धेरै खाइदिन्छ । नबस्ने हो भने त सबै सखाप पारिदिने अर्का किसान डिल्ली गिरीले जानकारी दिए । बारेकोट गाउँपालिका भित्रका अधिंकाश किसान यतिवेला जंगली जनावर बाट कसरी मकै बचाउन सकिन्छ भन्ने चिन्तामा रहेको बारेकोट गाउँपालिका २ का वडाध्यक्ष कर्णे कामीले बताए ।

उनले भने, ‘यस क्षेत्रका किसानका खेतबारी भिरोलो ठाउँ र जंगलको छेउमा भएकोले यहाँ बाँदर,स्याला, दुम्सी, भालु लगायतका जंगली जनावरले किसानको मकैमा क्षति पुर्याउने गरेको छ ।’ बारेकोट गाउँपालिका मात्र होइन नलगाड नगरपालिका ५ का किसान समेत चिन्तामा परेका छन ।

जंगली जनावर बाँदरले सबै मकै वाली नष्ट गरेपछि यहाँ किसान चिन्तामा परेको नलगाड नगरपालिका कार्यपालिका सदस्य अस्मिता विकले बताइन । उनले भनिन्, ‘बालिमा आएको बाँदर धपाउने कुनै उपाय नभएपछि यहाँका किसान दिनरात खेतमा बाँदर कुरेर बस्नु परेको छ ।’ नलगाड नगरपालिका ५ पोखराका किसानहरुको वास हिजो आज खेतमै हुने गरेको छ । खेतमा आउने बाँदर र स्याल धपाउँदैमा उनिहरुलाई फुर्सद छैन ।

खेतमा लगाएको मकै बाली पाक्न लागेको छ । दुखले फलाएको मकै बाँदरले खाएपछि उनिहरु चिन्तित बनेका हुन । किसानले बस्ने सानो छाप्रो बनाएका छन, त्यहि नजिक कुकुरलाई बाँधेर राखेको तर स्याल र बाँदरको हुल अर्को छेउ तिर बाट आएर मकैको खेतमा पस्ने भएकोले आफुहरु बस्नु नै पर्ने नलगाड नगरपालिका ५ का किसान ज्ञानबहादुर रावतको भनाई छ ।
कुशे गाउँपालिका , भेरी नगरपालिका, शिवालय गाउँपालिका,छेडागाड नगरपालिकाका किसान समेत जंगली जनावरको आतंक बाट छुट पाउन सकेका छैनन । जुनीचाँदे गाउँपालिका वडा २ का वडाध्यक्ष रामबहादुर नेपालीका अनुसार, जंगली जनावरले किसानको वाली सखाप पार्ने गरेको छ । उनले भने, ‘रातदिन मिहिनेत गरिरहनु पर्दा राम्रो सङ्ग खाना सुत्न नपाएका यहाँका किसानहरुको पिडा छ ।’ रातमा केही बेर सुत्नका लागि आफ्नो सिरानी सम्मको डोरी बनाएर बिचमा घाँडो बाँधेर बिउझिएको समयमा डोरी हल्लाएर घाँडो बजाएर बाँदर धपाउने जाजरकोटका किसानले गरेका छन् ।
कोरोना महामारीका कारण कमाई गर्न नगएका किसानहरु खेतवारीको मकैको भरमा बसेका छन् । जंगली जनावरले मकै सकेपछि जाजरकोटका किसान चिन्तामा परेको कुशे गाउँपालिका ५ ढिमेका कालीप्रसाद थापाले बताए । बर्षाै देखि जंगली जनावरको आतंक बाट पिडीत बनाएका किसानका लागि सरकारले कुनै राहतको व्यवस्था गरेको छैनन् । जंगली जनावरले छोडेको अन्न किसानका लागि ६ महिना सम्म काम गर्दैन । स्थानीय सरकारले क्षति व्यहोरी रहेका किसानका लागि राहत प्याज र तार जालीको व्यवस्था गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताउँछन ।

तपाईको प्रतिक्रिया