वाईसिएल चौरजहारीद्धारा युवाहरुलाई निःशुल्क भलिबल प्रशिक्षण

वाईसिएल चौरजहारीद्धारा युवाहरुलाई निःशुल्क भबिबल प्रशिक्षण रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका युवाहरुका लागि निःशुल्क भलिबल प्रशिक्षण सुरु गरिएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) नेपाल चौरजहारी नगर कमिटीले युवाहरुका लागि निःशुल्क भलिबल प्रशिक्षणको व्यवस्था गरेको हो ।

युवाहरुलाई खेलकुदमा आकर्षित गर्ने र खेलकुदमा चासो राख्ने युवाहरुको क्षमता विकास गर्ने कार्यक्रम अनुसार निःशुल्क भलिबल प्रशिक्षण कार्यक्रम आयोजना गरिएको वाईसिएल चौरजहारी नगर कमिटीले जानकारी दिएको छ । अन्य विभिन्न खेलहरुको प्रशिक्षण पनि संचालन गर्ने योजना रहेको नगर कमिटी संयोजक एल.बी कटुवालले जानकारी दिए ।

प्रशिक्षणमा नगरका २८ जना युवाहरुको सहभागीता रहेको उनले बताए । युवाहरुलाई भोलेन्टियर प्रशिक्षक लिलाप्रसाद ढकालले प्रशिक्षण दिईरहेका छन् । आईतबार बाट सुरु भएको प्रशिक्षण १५ दिनसम्म संचालन हुने बताईएको छ । यो प्रशिक्षण आधारभुत रहेको प्रशिक्षक ढकालले बताए ।

भलिबल सम्बन्धी आधारभुत कुराहरु सिकाईने उनको भनाई छ ।दिनमा ५ घण्टा प्रशिक्षण चल्ने छ । बिहान ७–९ बजे र बेलुकी ५–७ बजेसम्म प्रशिक्षण चल्ने प्रशिक्षक ढकालले बताए ।

तपाईको प्रतिक्रिया