कोरोना अपडेट : एकै दिन ४४ जनाको मृत्यु, २ हजारभन्दा बढी सङ्क्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ५२ हजार ८ सय ६३ जनामा र एन्टिजेन विधिबाट ८१ हजार ५ सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ८१ जना कोभिड१९को सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको ७ लाख ३ हजार ९ सय ६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको १० हजार ६ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार २ सय ९० जनाको नमुना परीक्षण गरिएको छ ।

हाल ६ सय १० जनाको आईसीयु र १ सय १६१ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय सङ्क्रमित ३८ हजार २ सय ८७ रहेको छ ।

तपाईको प्रतिक्रिया