माओवादी केन्द्रको कर्णाली प्रदेशको अध्यक्षमा शर्मा र सचिवमा आचार्य

No description available.

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा राजकुमार शर्मालाई तोकिएको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले खाली रहेको प्रदेश समिति अध्यक्षमा रुकुम पश्चिमका नेता शर्मालाई तोकेको हो । चौरजहारी नगरपालिका १४, का स्थायी बासिन्दा शर्मा माओवादीको पोलिटव्युरो सदस्य हुनुहुन्छ ।

उनी हाल जिल्ला समन्वय समिति रुकुम पश्चिम प्रमुख तथा जिल्ला समन्वय समिति महासंघको कर्णाली प्रदेश अध्यक्ष छन् । उनले यस अघि पार्टीको केन्द्रीय प्रचार विभाग, गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्षको जिम्मेवारी पूरा गरेका थिए ।

त्यस अघि जनयुद्धको समयमा उनले कालिकोट, जुम्ला, हुम्ला, मुगु, दैलेख लगायतका जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गरे । उनी २०४१ सालदेखि विद्यार्थी संगठनमा लागेका उहाँ २०५२ सालमै पूर्णकालिन पार्टी कार्यकर्ता बनेका थिए । यस्तै, स्थायी समितिले प्रदेशको सचिवमा रामदिप आचार्यलाई तोकेको छ । जाजरकोट निवासी उनी यस अघि पार्टीको केन्द्रीय सदस्य हुन । यस अघिको केन्द्रीय समितिको बैठकले प्रदेशका रिक्त पदमा मनोनित तथा तोक्ने जिम्मा स्थायी समितिलाई दिएको थियो ।

तपाईको प्रतिक्रिया