नलगाडमा भरुवा बन्दुक सहित एक जना पक्राउ

                                                   फाईल तस्वीर

जाजरकोट । नलगाड नगरपालिका (८ कुसेनी बस्ने ३३ वर्षीय वीर बहादुर पुनलाई १ थान भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मैदेबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनी संग भएको बन्दुक बरामद गरिएको छ ।

तपाईको प्रतिक्रिया