आफ्नै वुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

रोल्पा । आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

आफ्नै बुबा ६० बर्षीय लक्षिमण दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका–४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झै–झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी पोष्ट बुढागउ र ईलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्त घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया