मिल दुर्घटनामा परेकी थापाको उचार खर्चमा स्वास्थ्यकर्मीहरुको आर्थिक सहयोग

No description available.खलंगा । जिल्लाको बारेकोट गाउँपालिका मिल दुर्घटनामा परि घाईते भएकी अनमी बिष्णुकुमारी थापाको उपचारको लागि स्वास्थ्यकर्मीले आर्थिक सहयोग गरेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमि थापाको उपचारको लागि सोही स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले सहयोग जुटाएका हुन् । गत श्रावन ३ गते आफ्नै घरको मिल दुर्घटनामा परि घाईते भएकी थापाको अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भईरहेको सिनियर अनमि कल्पना रोकायले बताईन् ।

No description available.

उनले भनिन्, ‘थापाको उपचारको लागि स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु ईच्छुक आर्थिक जम्मा गरेर जम्मा रु २ लाख २ हजार ५ रुपैया जम्मा गरिएको छ ।’

बारेकोट स्वास्थ्य शाखा प्रमुख विराज सिहं, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख रामबहादुर रोकाय लगायको अन्य स्वास्थ्यकर्मीको उपस्थिति जम्मा गरेको रकम स्वास्थ्य केन्द्रका प्रमुख राम बहादुर रोकाए र सिनियर अनमि कल्पना रोकायको जिम्मा लगाईएको छ ।

तपाईको प्रतिक्रिया