आफ्नो जन्मदिनमा सविनले गरे विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग

No description available.जाजरकोट । जिल्लाको नलगाड नगरपालिका ५ दल्लीमा बसोबास गर्ने सविन सिंह ठकुरीले आफ्नो जन्मदिनको अवसरमा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

आईतबार जन्मदिनको अवसर पारी नगरपालिका भित्रका विपन्न ६५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् । विपन्न बालबालिकाहरुलाई पढ्न र लेख्न सहज होस् भन्ने हेतुले आफ्नो जन्मदिनको अवसरमा दल्लीमा रहेको त्रिवेणी यूवा क्लवलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

उक्त शैक्षिक सामग्रीलाई क्लवले आईतबार विपन्न बालबालिकालाई हस्तान्तरण गरेको स्थानीय यत्र शाहीले बताए । बालबालिकाहरुलाई कापी, कलम वितरण गर्नुका साथै घरमा रहेका बालबालिकाहरुलाई कसरी पढाउने भन्ने विषयमा अभिभावकहरुलाई प्रशिक्षण समेत दिईएको छ ।

दल्लीमा रहेको त्रिवेणी यूवा क्लवले नलगाड नगरपालिका भित्र विभिन्न समाज सेवाका कामहरु गर्दै आएको छ । जन्मदिनको अवसरमा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्नु निकै सह्रनिय कार्य रहेको छ ।

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया