समाज रुपान्तरणका लागि युवा बिद्यार्थी महत्त्व “रमेश मल्ल”

रुकुम पश्चिम। समाज रुपान्तरणका लागि युवा, बिद्यार्थीहरु महत्त्व हो । यो संसार हाम्रो पनि हो तिमिहरुको पनि हो , तर अन्तिम निष्कर्ष भनेको तिमिहरुकै हो , भन्नेकुरा नेपालको सन्दर्भमा समेत सत्य सावित भइसकेको छ ।

जयुतु संस्कुुतम आन्दोलनबाट संगठित हुँदै आएका युवा बिद्यार्थीहरु बि स २००७ सालको जहाँनिय राणाशासन बिरोध आन्दोलनदेखि जनमत संग्रह बि स २०४६ को जनआन्दोलन होस, वा बि. सं ०६२÷६३ को निरंकुश राजतन्त्र बिरोध जनआन्दोलन भाग २ २०७७ सालको प्रतिनिधि साभ बिघटन असंबैधानिक अलोकतान्त्रिक अप्रजातान्त्रिक निरुकुश प्रतिगामनका बिरुद्धमा युबा बिद्यार्थीहरु चट्टान भएर खेलेको भुमिका नेपालको राजनैतिक इतिहासमा अंकित भइसकेको छ ।

देशको वर्तमान परिप्रेक्ष्यमा देशको स्वतन्त्रता क्षेत्रिय अखण्डता सामाजिक सद्भाव र एकतालाई समेत ख्याल नगरि नेपाल र नेपालीहरुको अस्तित्व नै समाप्त गर्ने किसिमका क्रियाकलापहरु हाम्रो देशमा भइरहेका छन । त्यस्ता कु तत्वहरुले संक्रमणकालको फाइदा उठाउन खोजिएका छन ।

यस्तो अबस्थामा युबा बिद्यार्थीहरु टुलुटुलु हेरेर मात्र चित्त बुझाउने स्थिति छैन । यस्तो अबस्थामा सचेत युवा बिद्यार्थीहरु सक्रिय नभएर लोकतन्त्र राष्ट्रिय स्वतन्त्रता एवं स्वाभिमाना बचाउनको निम्ति बिगतमा बगाएको रगत र पसिनाको कुनै मुल्य रहने छैन ।

राजनैतिक क्षेत्रमा आउने उतारचढाव मात्र समाज रुपान्तरण सम्भाव हुँदैन । सरकार र संसद मात्र नयाँ अनुहार गएर मात्र नेपाली जनताले चाहेको राजनैनिक परिवर्तन सामाजिक परिवर्तन र आर्थिक बिकास हुने होईन यसका लागि स्पष्ट नीति एवं योजना र कार्यक्रम आवश्यकता हुन्छ ।

क्रान्ति र आन्दोलनमा मात्र होईन सिर्जना गर्न बिकास निर्माण पनि युबा बिद्यार्थीहरुको भुमिका सशक्त हुन्छ । राजनैनिक परिवर्तनपछि उपलब्धिहरुको रक्षा गर्न परिबर्तन अनुरुप वातावरण कायम गर्न र जनतामा आकांक्षा अनुरुप काम गर्न स्थित बनाउने कुरामा दिगो शान्ति स्थापना पनि युबा बिद्यार्थीहरुको भुमिका महत्त्वपूर्ण हुन्छ ।

तसर्थ युवा बिद्यार्थीहरु समुदायको हकहितको लागि संरक्षणको भुमिका खेल्दै राजनैतिक स्थिति सामाजिक परिबर्तन को पहिचान केलाउँदै लोकतन्त्र स्वाभिमान र राष्ट्रियताको पहरेदारका रूपमा युबा– बिद्यार्थीहरुले आफ्नो निरन्तरतालाई अझ प्रगाढ बनाउँदै लैजानु अहिलेको आवश्यकता हो ।
“मल्ल रुकुम पश्चिम अनेरास्वबियु जिल्ला कमिटी सदस्य पनि हुन् ।”

तपाईको प्रतिक्रिया