खलंगा । जाजरकोट सदरमुकाम खलंगाबाट बाहिरिने र भित्रिने सवारी साधनको भाडा दर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायबीच भएको छलफबाट नयाँ भाडा दर निर्धारण गरिएको हो ।
बुधबार निर्धारण गरिएको नयाँ भाडाहरू बदलिदो समय अनुकूल बनाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । खलंगा देखि छेडाबजार सम्म ठुलो गाडीमा १ सय ९० र सानो गाडीमा २ सय ३० निर्धारण गरिएको छ ।
खलंगा– फेरा ठुलो गाडीमा १ सय २५ र सानो गाडीमा १ सय ७५ निर्धारण गरिएको छ । खलंगा – कुदु ठुलो गाडीमा ८० रुपैयाँ र सानो गाडीमा १ सय ३० रुपैयाँ निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए ।
यस्तै, खलंगा – मटेला ठुलो गाडीमा ४० रुपैया र सानो गाडीमा ५० रुपैयाँ, खलंगा रावतगाउँ ठुलो गाडीमा ५० र सानो गाडीमा ७५ रुपैयाँ निर्धारण गरिएको छ । खलंगा – पिपे ठुलो गाडीमा ७५ र सानो गाडीमा १ सय रुपैयाँ, खलंगा – रिम्ना ठुलोमा १ सय ७० र सानोमा २ सय २०, खलंगा – जगतिपुर ठुलो गाडीमा १ सय ६० र सानोमा २ सय १०,खलंगा – बुरुङ्गे सानो गाडीमा २ सय २० र ठुलो गाडीमा २ सय ७०, खलंगा –
स्याउली ठुलोमा ३ सय र सानोमा ३ सय ५०, खलंगा – कालिमाटी सम्म ठुलो गाडीमा ४ सय ४८ र सानोमा ५ सय, खलंगा – राडीबजार ठुलोमा ५ सय १२ र सानोमा ५ सय ६२, खलंगा – पाँचकाटिया ठुलो गाडीमा ४ सय ५० र सानो गाडीमा ५ सय, खलंगा –तल्लुबगर ठुलोमा ४ सय २५ र सानोमा ४ सय ७५, छेडाचौर– थलह ३ सय ८५ र छेडाचौर – सुवानाउली ५ सय २० नयाँ भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

















































। २७ श्रावण २०७८, बुधबार