नरहरिनाथ हुँदै सदरमुकाम मान्म जोड्ने केबुलकार बन्ने


कालिकोट । नरहरिनाथ गाउँपालिका–१ को कोडवाडा हुँदै सदरमुकाम मान्म जोड्ने केबुलकार बन्ने भएको छ ।

सोमबार केबलकारको सम्भाव्यता अध्ययनको छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कालिकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा कर्णाली प्रदेश राजधानी सुर्खेतमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

यस आयोजनाको जम्मा लागत ९४ करोड ४९ लाख ९ सय १५ रुपैयाँ लाग्ने छ। यसको लम्बाइ २ हजार १ सय ३४ मिटर र उचाइ ८ सय २९ मिटर हुनेछ ।

कार्यक्रममा माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही, भौतिक मन्त्री अमर बहादुर थापा, प्रमुख सचिव गणेश पाण्डे, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्पराज खड्का,सदस्य दीपेन्द्र रोकाय कालिकोटका ९ वटै स्थानीय तहका प्रमुखको उपस्थित थियो ।

यो आयोजना सञ्चालनमा आएपछि जनताले यातायातको सेवा पाउनुका साथै पर्यटन क्षेत्रको विकास प्रवर्द्धन भई जनताको आर्थिक अवस्था परिवर्तन हुनेछ ।

तपाईको प्रतिक्रिया