सात लाख ९८ हजार बढीको बाख्रा वितरण

No description available.
जुम्ला, ७ साउन । कोभिड–१९ द्वारा प्रभावित भएका घरधुरीका सीमान्तकृत, एकल महिला, अति विपन्न वर्गका किसानको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले तिला गाउँपालिकाका किसानलाई बाख्रा वितरण गरिएको छ । २२ जना किसानलाई स्थानीय जातको बाख्रा वितरण गरिएको हो । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा संचालित पोषण, उत्थानशिल र जीविकोपार्जन परियोजनाबाट बाख्रा र सामान वितरण गरिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ ।

बाख्रा पालनका लागि भूगोल र हावापानी उपयुक्त ठहर गर्दै किर्डाक नेपाल जुम्लाले तिलाका किसानलाई बाख्रा वितरण गरेको हो । अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने किर्डाक नेपाल जुम्लाले विश्वास लिएको छ । बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरि अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमवहादुर शाहीले जानकारी दिए ।

बजारमा मासुको समस्या भएकाले माग पूर्ति गर्न र किसानको जीवनशैलीमा सुधार गर्नको लागि बाख्रा वितरण गरिएको उनको भनाइ छ । बाख्राको स्याहार सुसार गरि संख्या वृद्धि गरेमा राम्रो आम्दानी गर्न सकिने शाहीले सुझाव दिए । तिला गाउँपालिकामा बाख्रापालनका लागि उपयुक्त वातावरण भएको बताउँदै उनले व्यवसायिक रुपमा बाख्रापालन व्यवसाय अघि बढाउन किसानहरुलाई आग्रह गरे ।

No description available.

किसानहरुलाई व्यवसायिक रुपमा बाख्रा पालन व्यवसायमा सहभागि गराउन खोजिएको शाहीले बताए । उनका अनुसार प्रति किसानलाई ३६ हजार ३ सय दस रुपैयाँकाले दरले ७ लाख ९८ हजार ८ सय २० रुपैयाँको बाख्रा र सामान वितरण गरिएको बताए । बाख्रा चराउन जाने किसानका लागि र्यानकोट, त्रिपाल र सोलार पनि वितरण गरिएको उनको भनाई छ ।

भेडिगोडका लागि आवश्यक पर्ने सोलार पनि किसानलाई उपलब्ध गराईएको शाहीले जानकारी गराउनु भयो । बाख्रा चराउन जाने किसानहरुको सुरक्षाका लागि आवश्यक पर्ने सबै सामान उपलब्ध गराईएको उनको भनाइ छ । एक जना किसानलाई ३ वटा बाख्रा वितरण गरिएको भन्दै उनले किसानहरुको जीवन स्तरमा सुधार हुने विश्वास व्यक्त गरे ।

जिल्ला संयोजक शाहीका अनुसार तिला गाउँपालिका वडा नम्बर नम्बर १, ३, ४, ५, ७, ८ र ९ का २२ जना किसानलाई वडाले उपलब्ध गराएको सिफारिसका आधारमा बाख्रा वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया