
भुपेद्र नेपाली
रुकुम, ३ असार । समाज रुपान्तरणका लागी समृद्ध समाज संगठनेले रुकुम पश्चिममा जिल्ला संगठन निर्माण गरेको छ । यो संगठन आतबार निर्माण भएको हो । जिल्ला संगठनको संयोजकमा रमेश मल्ल, सहसंयोजकमा सपना केसी, अध्यक्ष देबेन्द्र मल्ल, उपाध्यक्ष दिल निखिल आचार्य, कोषाध्यक्ष ईसा पुन मगर, सचिव जीवन पुन मगर, सहसचिव रमिता खनाल सहितको संगठन निमार्ण गरेको जिल्ला संयोजक रमेश मल्लले जानकारी दिए ।

‘यस संगठनले समाजमा दुःख पीडामा परेको मानिसलाई सहयोग गर्दै आएको छ । आउँदा दिनहरुमा पनि नियमति रुपमा समाज सेवामा लागी रहने छ । समाज रुपातरण र समाज सेवाको निम्ती गैरराजनितीक संगठन मध्यको यो एउटा सक्रिय संगठ रहेकोे यस संगठनले समाजमा रहेका विपन्न वर्गका मानिसहरुलाई सामाजिक अर्थिक सामाजिक उथान्नका निम्ती अवश्यक सहयोग गर्ने मल्लको भनाई रहेको छ ।’
















































। ४ श्रावण २०७८, सोमबार