
खलंगा, ३ साउन । जिल्लाको बारेकोट गाउँपालिकामा एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं –१ सिल्पाचौरकी मिलमा परेर घाइते भएकी विष्णु कुमारी थापालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
आज विहान (आइतबार) सिल्पाचौरको मिलमा अन्न पिस्न जाँदा मिलमा परेर घाइते भएकी थिइन् । घाइते थापालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत सुर्खेत लगिएको बारेकोेट गाउँपालिकाले जनाएको छ । उनी प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत छन् ।
















































। ३ श्रावण २०७८, आईतवार