महामारी समयमा शुल्क लिने विद्यालयलाई कारबाही गर्न अखिल (क्रान्तिकारी)को माग

No description available.
खलंगा, २८ असार । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कोरोना महामारीको वेला चर्काे शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्न माग गरेको छ ।

सोमबार जिल्लाको भेरी नगरपालिकाको शिक्षा शाखालाई ज्ञापन पत्र पेश गर्र्दै महामारीको वेला चर्काे शुल्क लिने, निजी विद्यालयहरुले अनलाईनको नाममा गरिएको लुट बन्द गरियोस् लगायतका माग राखी कारबाही गर्न माग गरेको हो ।

सरकारी विद्यालयले समेत विद्यालय बन्द रहेको समयमा पनि भर्ना शुल्क, कक्षा शुल्क लिएको प्रति संगठनले आपत्ती जनाएको छ ।

यस्तो छ ज्ञापन पत्र

No description available.

तपाईको प्रतिक्रिया