उद्योग वाणिज्य संघ जाजरकोटको निर्वाचन स्थगित

खलंगा, २८ असार । आगामी साउन ७ गते तोकिएको उद्योग वाणिज्य संघ जाजरकोटको निर्वाचन स्थगित भएको छ । स्थानीय प्रशासनको आदेशमा उक्त निर्वाचन स्थगित भएको निर्वाचन समितीले जनाएको छ ।

कोरोनाको संक्रमण जोखिमको कारण देखाउँदै स्थानीय प्रशासनले परिपत्र गरेपछि निर्वाचन स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद शर्माले बताए । उलले कोरोनाको जोखिम कायमै रहेको र चुनावका वेला ठुलो संख्यामा भिडभाड हुने भएकोले सबै कुराको मध्यनजर गर्दै निर्वाचन स्थगित गरिएको उनको भनाई छ ।

यस्तै उद्योग वाणिज्य संघको निर्वाचनका लागि सदस्यता वितरण तथा नवीकरणमा व्यापक अनियमितता भएको भन्दै नेकपा एमालेको ओली पक्षका व्यापारी, नेपाली काँग्रेस निकट व्यापारी, राप्रपा निकट व्यापारीहरुको समर्थनमा यूवा संघ नेपाल, नेपाल तरुण दल र राष्ट्रिय प्रजातान्त्रिक यूवा संगठन जाजरकोटले उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी समेत गरेको बताईएको छ ।

May be an image of text that says 'जाजरकोट उद्योग वाणिज्य संघ जाजरकोट निर्वाचन समितिको कार्यालय जाजरकोट विषय: सूचना मिर्ति 200-2129 सूचना उपरोक्त सम्बन्ध्रमा जाजरकोट उद्योग वाणिज्य संघ जाजरलोटको नयाँ कार्य समिति निर्वाचनमा निर्वाचन प्रत्रिया अगाडी बढी रहेको अवस्थामा जिल्ला प्रशासन: कार्यालय जाजरकोटको च.नं. २६१੨ मिति २०७7 /०३/२७ /२७ को प्राप्त पत्रानुसार कोमिड-१ को संत्र अगमा पूर्ण रुपमा सुरक्षित अवस्थाको महसुस भई नसकेकोले उद्योग वाणिज्य संघ जाजरकोटको निवचन अर्को निर्णय नभए सम्मको लागि स्थगित गरिएको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरश्ष S सयोजक निर्वाचन समिति'

तपाईको प्रतिक्रिया