जाजरकोटमा १५ सय ७० जनाले जिते कोरोना, ५० सक्रिय संक्रमित

भुपेन्द्र नेपाली
खलंगा, २४ असार । जिल्लाभर हाल सम्म १ हजार ५ सय ७० जनाले कोरोना जितेका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटको दैनिक कोरोना प्रतिवेदनमा बिहीबार दिउँसो ४ बजे सम्म १ हजार ५ सय ७० जनाले कोरोना जितेको उल्लेख गरिएको छ । अहिले सम्म ६ हजार ८ सय ३१ जनामा गरिएको पी.सी.आर. परीक्षणमा ५ सय ६४ जनामा कोरोना पुष्टी भएको थियो । जसअन्र्तगत ५ सय ६३ जना निको भएर घर फर्किसकेका छन् भने १ जना मृत्यु भएको छ ।

यस्तै, एन्टिजेन परिक्षण तर्फ जम्मा ३ हजार ८ सय १३ जनामा गरिएको परिक्षणमा १ हजार ७७ जनामा कोरोना पुष्टी भएको थियो । जसअन्र्तगत १ हजार ७ जनाले कोरोना जितेर घर गईसकेका छन् भने ५० जना सक्रिय संक्रमितहरुले होम आइसोलेसन र अस्पतालमा उपचार गराईरहेका छन् ।

पछिल्लो २४ घण्टामा स्वाव संकलन गरिएको १५ जनामा १० मा कोरोना पुष्टी भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा निको भई घर जानेको संख्या ११ रहेको छ । हाल सम्म १४ जना रिफर भई गएका छन् । जिल्लामा मृत्यु हुनेको संख्या ६ रहेको प्रतिवेदनमा बताइएको छ ।

कोभिड १९ को जिल्लामा उपचार तर्फ भएको व्यवस्थापन अन्र्तगत कोभिड अस्पताल १ रहेको छ । यस्तै, जिल्लाभर १ सय ३० वटा आइसोलेसन वेड रहेका छन् । ३ वटा आई.सी.यू. कक्ष, भेन्टिलेटर १, अक्सिजन सिलिण्डर १ सय ९० एच.डी. यू. वेड १०, अक्सिजन सहितको आईसोलेसन वेड ३३, र साधारण आईसोलेसन वेड ८९ वटा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया