जाजरकोट अदालतमा एक बर्ष अगावै २ सय ९० वटा मुद्धा फछ्र्याैट


खलंगा, १५ असार । जिल्ला अदालतले एक बर्षको समय अगावै २ सय ९० वटा मद्धा फछ्र्यौट गरेको छ । बिश्वव्यापी कोरोना भाईरस संक्रमणको प्रभावले देशमा लामो समयसम्म गरिएको बन्दाबन्दीले न्याय सम्पादनका कामलाई प्रभावित बनाएको भएतापनि जिल्ला अदालतले २ सय ९० वटा मद्धा फछ्र्यौट गरेको हो ।

चालु आर्थिक बर्ष २०७७÷०७८ मा देवानी १ सय ६८, दुनियावादी फौजदारी ४८, सरकारवादी फौजदारी ५९, पुनरावेदन ४ र रिट १ गरी जम्मा २ सय ९० वटा मुद्धा फछ्र्यौट गरेको जिल्ला न्याधीश यज्ञप्रसाद आचार्यले जानकारी दिए । गत साउन १ गतेदेखि यही असार ८ गतेसम्म २ सय ९० वटा मुद्धा फछ्र्यौट गरेको जानकारी दिदै जिल्ला न्याधीश आचार्यले गतबर्षका जिम्मेवारी सरेका १ सय २८ र नयाँ दर्ताभएका २सय ९५ गरी जम्मा ४ सय २३ वटा मुद्धा मध्ये २ सय ९० वटा मुद्धा फछ्र्यौट गरेको बताए । यस बर्ष १३३ वटा मुद्धा फछ्र्यौट गर्न बाँकी रहेको जिल्ला न्याधीश आचार्यले बताए ।

कोभिड–१९ को प्रभावले न्याय सम्पादनको काम प्रभावित भएको जानकारी दिदै जिल्ला अदालतका श्रेष्तादार (उपसचिब) जगदिशप्रसाद भट्टले गतबर्षको तुलनामा यस बर्ष धेरै मुद्धाहरु फछ्र्यौट गर्न सफल भएको जानकारी दिए । आर्थिक बर्ष २०७६÷०७७ मा मुद्धाको लागत २८४ वटा रहेको जानकारी दिदै श्रेष्तादार भट्टले ०७६÷०७७ मा १५६ वटा मुद्धा फछ्र्यौट गरी १२८ वटा मुद्धा बाँकी रहेको जानकारी दिए ।

फछ्र्यौट गर्न बाँकी रहेका १३३ वटा मुद्धाहरु मध्ये सम्बन्ध बिच्छेदको १ मुद्धाको समय २ बर्ष नाघेको छ, श्रेष्तादार भट्टले भने–‘मेल मिलाप हुन्छ कि ? भनेर सम्बन्ध बिच्छेदको एउटा मुद्धाले दुई बर्षको समय नाघेको हो ।’ देवानी ७७, दुनियावादी फौजदारी २८, सरकारवादी फौजदारी २७ र पुनरावेदन १ गरी जम्मा १ सय ३३ वटा मुद्धा फछ्र्यौट हुन बाँकी रहेको श्रेष्तादार भट्टले बताए ।

यस बर्ष थुनुवा मुद्धाको ४३ वटा लागत रहेको जिल्ला अदालतले २५ वटा मुद्धा फछ्र्यौट गरेको छ भने, १८ वटा मुद्धा बाँकी रहेका छन् । बालबालिका सम्बन्धिका २९ वटा मुद्धाको लागत रहेको जिल्ला अदालतले १९ वटा फछ्र्यौट गरेको छ भने, १० वटा बाँकी रहेका छन् । निरन्तर सुनुवाई सम्बन्धिका ३४ वटा मुद्धाको लागत रहेको जिल्ला अदालतले १७ वटा फछ्र्यौट गरेको छ भने, १७ वटा बाँकी रहेका छन् ।

गत बर्ष ४ सय ५२ बर्ष १० महिना १६ दिन कैद बाँकी रहेको जिल्ला अदालतले यसबर्ष ५३ बर्ष ६ महिना १ दिनको कैद थप गरेको थियो । ४९६ बर्ष ५ महिना ३ दिन कैद रहेको जिल्ला अदालतले यस बर्ष ४८ बर्ष ६ महिनाको कैद फछ्र्यौट गरी ४ सय ४७ बर्ष ११ महिना ३ दिनको कैद फछ्र्यौट गर्न बाँकी राखेको छ । गत बर्षको ६४ लाख ९३ हजार ७८६ जरिवाना गराउन बाँकी रहेको जिल्ला अदालतले यसबर्ष ८९ लाख ९१ हजार ९सय ५५ जरिवाना थप गरेको थियो ।

जम्मा १ करोड ५४ लाख ८५ हजार ७ सय ४१ जरिवाना भराउनुपर्ने जिल्ला अदालतले यसबर्ष १ लाख ४२ हजारको जरिवाना फछ्र्यौट गरेको छ भने, जिल्ला अदालतले १ करोड ५३ लाख ४३ हजार ७४१ जरिवाना भराउन बाँकी राखेको छ ।#डिजिटल सञ्चार#

तपाईको प्रतिक्रिया