मैले सब — इन्जिनियर माथि हातपात गरेको होइन् : वडाध्यक्ष खत्री

खलंगा, १३ असार । जिल्लाको शिवालय गाउँपालिका वडा नं ७ का वडाध्यक्ष वीरवल खत्रीले सब इन्जिनियर रविन्द्र बहादुर शाही माथि हातपात गरेको भन्ने कुरा झुटो भएको बताएका छन् ।

वडाध्यक्ष खत्रीले विज्ञप्ति जारी गर्दै सब इन्जिनियर शाही माथि हातपात गरेको भनि मिडियावाजी भएको सबै व्यहोरा झुट्टा भएको बताएका हुन् ।

उनले आफ्नो जिम्मेवारी पुरा नगरी निर्माण हुँदै गरेका भवनहरुका डिजाइन स्टमेट सोचे भन्दा फरक भई पुन ः निर्माण गर्नुपर्ने अवस्था आएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् । शाहीलाई कामप्रति जिम्मेवार हुनुपर्ने सल्लाह सुझाब दिदा उल्टै अपशब्द प्रयोग गरि आफुलाई अपमानित गरेको उनले बताए ।

सब इन्जिनियर शाही गत वैशाख २६ गते देखि यता झण्डै २ महिनापछि असार १३ गते वडा कार्यालयमा आएको समेत वडाध्यक्ष खत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया