पछिल्लो २४ घण्टा बारेकोटमा २ जना डिस्चार्ज

बारेकोट, २८ जेठ । बारेकोट गाउँपालिकामा २४ घण्टाको समयमा २ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १ जना महिला र १ जना पुरुष रहेका छन् ।

२४ घण्टाको समयमा ३२ जनालाई गरिएको परीक्षणबाट कसैलाई पनि कोरोना पुष्टि नभएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी कल्पना रोकायले जानकारी दिएकी छन् । १० जना महिला र २२ जना पुरुषलाई एन्टीजेन परीक्षण गरेका थियौं तर, कसैलाई पनि कोरोना देखिएन अनमी रोकायले भनिन् ।

हालसम्म बारेकोट गाउँपालिकामा ४८८ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट १५७ जनालाई कोरोना पुष्टि भएको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा र आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाले शुक्रबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ ।

हालसम्म ६९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । १ जना महिलालाई भने दोस्रो पटक गरिएको परीक्षणबाट पनि उनलाई कोरोना देखिएको छ । उनलाई हाल संस्थागत आईशोलेसनमा राखेर उपचार भई रहेको दैनिक प्रतिवेदन बिबरणले देखाएको छ ।

कोरोना पुष्टि भएकाहरु १५७ जना मध्ये ५८ जना महिला रहेका थिए भने, ९९ जना पुरुष रहेका थिए । स्वास्थ्यकर्मीहरुको निगरानीमा ८५ जना संक्रमितहरुको होम आईशोलेसनमा रहेर उपचार गरिरहेका थिए भने, ७२ जना संक्रमितलाई संस्थागत आईशोलनमा राखेर उपचार गरिएको थियो ।

शुक्रबार ३ जना सक्रिय संक्रमितलाई संस्थागत आईशोलेसनमा राखेर उपचार भई रहेको छ भने, बाँकी सबै डिस्चार्ज भई सकेका छन् । शुक्रबार संस्थागत आईशोलेसनमा रहेका तीनै जना महिला संक्रमित रहेका छन् ।

No description available.

तपाईको प्रतिक्रिया