कविता : घाइते परेको मेरो देशका जनता

आजभोलि रगत बगेको छ
हजारौं हजार नेपाली गरीब जनता
आपत्त बिपत्ति महामारीले
छट्पटाएर ढलिरहेका छन ।
गरीब जनतालाई दुई छाक टार्न गा¥हो छ
सरकार दुइकन्टोल लाखको सपना देख्छन्
घाइते परेको मेरो देशका जनता ।

हेर्दाहेर्दै देशमा अधिकारको भेशमा
रक्तपिपासु पसेका छन
सोझा किसानको मेशमा
घाइते परेको मेरो देशका जनता ।

अधिकारलाई बन्दहड् ताल नाम दिएर
डलरको खेल खेल्नेहरु
जनताको राहतमाथि रगत पिउदै
डलर खेलाउदै हिड्नेहरु
हामी जनतालाई फुटबल बनाइ रहदा
हामी किन चुपचाप चुपचाप मा छौ
घाइते परेको मेरो देशका जनता ।

कहिले जनताहरुको बस्तीमा दमन
कहिले सुकुम्बासीहरुको बस्तीमा दमन
कहिले राउटेहरुको बस्तीमा दमन
कहिले नाबालक नानीहरू माथि दमन
बलत्कारको सिकार भोग्दैछिन
शोषण दमन अन्याय अत्याचार
कहिलेसम्म अन्त्य हुन्छ सरकार
घाइते परेको मेरो देशका जनता ।

बिचरा हाम्रो जनता
अधिकारको नशा पिएर
नशामा लठ्ठ हुँदा सम्म पनि
सरकार देखि धन्य लाग्छ
गरीबको छातीमा गोली थाप्दा
घाइते परेको मेरो देशका जनता ।

कहिले सरकार देखि शासन
कहिले प्रहरी प्रशासन देखि शासन
कहिले राजनीति गर्नेहरु देखि शासन
कहिले गुन्डागर्दी देखि शासन
कहिले धनीहरुको हेपाइ देखि शासन
शासनको अन्त्य कहिलेसम्म हुन्छ
घाइते परेको मेरो देशका जनता ।

धन्यका वास्तविक पात्र सरकार
चार तलाको झ्यालबाट चियाउदै
अनेक राहतको गोल भन्दै
ताली बजाउदैछन
घाइते परेको मेरो देशका जनता ।

छोडौं स्वार्थका लागि गोल गर्न
आफ्नै लागि खुट्टा बजारौं
जिबनको खेल आफ्नै पक्षमा पारौ
त्यतिबेला हुनेछन खुशी
एकदिन अंकमाल गर्ने छौ ।
घाइते परेको मेरो देशका जनता ।

घायल हाल मलेसियामा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया