बारेकोटका गाउँगाउँमा उद्यमी बन्दै महिला

खलंगा, २६ जेठ । जिल्लाको बारेकोट गाउँपालिका–७ सुवाकोटका महिलाहरु उद्यमी बन्न थालेका छन् । गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) ले ८० दिने ढाँका उत्पादन र १० दिने दालमोट उत्पादन तालिम दिएपछि सुवाकोटका महिलाहरु उद्यमी बन्न थालेका हुन् ।

No description available.

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोगमा बारेकोट गाउँपालिकाद्धारा संचालित गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) ले सुवाकोटका २० जना महिलालाई ८० दिनको ढाँका बुनाई तथा उत्पादन सिप विकास तालिम दिएको थियो भने, १८ जना महिलाई १० दिने दालमोट उत्पादन सिप विकास तालिम दिएको थियो ।

No description available.

ढाँक बुनाई तथा उत्पादन तालिमको प्रशिक्षक कमला चौधरी रहेकी थिईन भने, दालमोट उत्पादन तालिमको प्रशिक्षक जैसरा आचार्य रहेकी थिईन् । ढाँका बुनाई र दालमोट उत्पादन सम्बन्धिका २ वटै तालिमको सहजीकरण उद्यम विकास सहजकर्ता गंगा शाहीले गरेकी थिईन् ।

No description available.

पहिलो चरणको ८० दिने आधारभुत तातिम प्राप्त गरेपछि सुवाकोटका महिलाहरुले ढाँकाको सल, हाते रुमाल, टोपीहरु बुन्न थालेका छन् । ढाँकाको टोपी लगाउनका लागि अब देखि पसलमा धाउनु नपर्ने बारेकोट–७ का वडा अध्यक्ष बशन्त शाहीले बताएका छन् । गाउँमै उत्पादन गरिएका ढाँकाका विभिन्न प्रकारका कपडाहरु स्थानीय बजारमै खपत हुनेमा अध्यक्ष शाहीले बिश्वास व्यक्त गरेका छन् ।

No description available.

पहिलो चरणको १० दिने तालिम प्राप्त गरेपछि त्यहाँका महिलाहरुले दालमोट उत्पादन गर्नुको साथै दालमोटलाई स्थानीय स्तरमै बिक्रि बितरण गर्न थालेका छन् । स्थानीय स्तरमै पाईने भट्टमास, चना, केराउ लगाएत खाद्य बस्तुबाटै उत्पादन गरिएको दालमोटको दैनिक खोजी हुन थालेको सावित्रा थापाले जानकारी दिएकी छन् । आधारभुत तालिमबाट दालमोट उत्पादन गर्न सक्ने सिपको बिकास भएको बताउदै उत्पादन गरिएको दालमोटलाई लेभलिङ्ग, प्याकेजिङ्ग गर्न सक्ने सिप विकासका लागि आफुहरुलाई दोस्रो चरणको तालिमको आबश्यकता रहेको थापाको भनाई रहेको छ ।

No description available.

बारेकोट गाउँपालिकामा पहिलो चरणको होजियारी र मसला उत्पादन सम्बन्धिका तालिम संचालन गर्न बाँकी रहेको उद्यम विकास सहजकर्ता गंगा शाहीले बताएकी छन् । गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) ले बारेकोटमा ५० जनालाई दोस्रो चरणको टिम्बुर खेती, कुखुरा पालन, सिलाई कटाई र तरकारी खेती सम्बन्धिको व्यवसायिक तालिम संचालन गरिरहेको सहजकर्ता शाहीको भनाई रहेको छ ।

No description available.

तपाईको प्रतिक्रिया