
वडाध्यक्षका वावुछाेरा : तस्विर
बारेकोट, २५ जेठ । जिल्लाको बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष तिले महतारा (भक्रि) का छोरा वीरेन्द्र महताराले स्थानीय डम्बर विक माथि हातपात गरी ज्यान मार्ने धम्की दिएका छन् ।
सोमबार वेलुका साढे ५ बजेको समयमा वडाध्यक्षले डुम भन्दै गाली गरेको र ज्यान मार्ने धम्की दिएको बारे पीडित विकले सामाजिक सञ्जाल मार्फत सञ्चारमाध्यमलाई जानकारी गराएका थिए ।
उक्त जानकारी किन गराएको भन्दै वडाध्यक्षको छोराले विकलाई हातपात गरी ज्यान मार्ने धम्की दिएका हुन् । मंगलबार वेलुका ५ बजेको सयममा घर तर्फ ज्याँदै गरेका विकलाई सरकारी मोटरसाईकलमा आएर मिडियालाई किन जानकारी दिएको भन्दै हातपात गरेका हुन् ।
यो संगै तत्काल फिर्ता नलिए ज्यान मार्ने धम्की समेत दिएको पीडित विकले बताए । अहिले बारेकोट ६ ताँसी गाउँ तनावग्रस्त बनेको स्थानीय शुुसीला विकले जानकारी दिईन् । उनले भनिन्, ‘सञ्चारमाध्यमलाई किन जानकारी दिएको भनी वडाध्यक्षका छोराले डम्बर विक माथि हातपात गरी ज्यान मार्ने धम्की दिए, त्यसपछि स्थानीयहरुले उक्त झगडा रोके छन् ।’
तर गाउँ भने तनावग्रस्त बनेको छ । हातपात गर्ने महताराले मोटरसाईकल त्यही छोडेर भागेका छन् । स्थानीयले उक्त मोटरसाईकल नियन्त्रणमा राखेको विकको भनाई छ । प्रहरी चौकी नजिक नहुँदा गाउँमा ठुलै झगडा हुन सक्ने स्थानीय बताउँछन् । आफ्नो वावुको विषयमा समाचार प्रकाशित भएपछि वडाध्यक्षका छोराले विकलाई सिध्याईदिन्छु भन्दै हातपात गरेका छन् ।
यता वडाध्यक्षका छोरा तथा वडाध्यक्षलाई टेलिफोन गर्न खोज्दा सबै स्वीच अफ छन् । विक माथि हातपात गर्ने महतारा वडाका सचिव समेत हुन् । सरकारी कार्यालयमा कार्यरत कर्मचारीले स्थानीय यूवा माथि हातपात गरेको विषयलाई लिएर अहिले चौतर्फी विरोध भईरहेको छ ।
वावुले धम्की दिईरहेको वेला छोराले समेत ज्यान मार्ने धम्की दिएका हुन् । यसले कानुनी राज्यको धज्जी समेत उडेको छ । यता प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटोले त्यहाँको सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालन गर्न निर्देशन दिईसकेको बताए ।
उनले भने, ‘मलाई १ घण्टा अघि जानकारी आएको थियो, प्रहरी खटिसकेको छ, यदि नपुगेको भए पुग्दैछ ।’ फेरी पनि प्रहरीलाई जानकारी गराउने प्रजिअ देवकोटाले जानकारी दिए ।
यो पनि पढ्नुहोस् :
वडाध्यक्षको हर्कत : दलित यूवालाई ज्यान मार्ने धम्की, डुम भन्दै गाली
















































। २५ जेष्ठ २०७८, मंगलवार