हुम्लामा कोरोना संक्रमितको संख्या १०९ पुग्यो


हुम्ला, ९ जेठ । परीक्षणको दायरा बढेसँगै हुम्लामा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएको छ । सदरमुकाम सिमकोट देखि दक्षिणी क्षेत्रका गाउँपालिकामा कोरोना परीक्षण गर्ने क्रम बढेपछि संक्रमितको संख्या बढ्दै गएको हो ।

आईतबार गरिएको परीक्षण अनुसार खार्पुनाथमा १० जनामा ४ जना जिल्ला अस्पताल हुम्लामा २१ जनामा ३ जना, सर्केगाडमा जनामा २ जना, ताजाकोटमा १ जनामा १ जना र अदानचुलीमा ४ जनामा १ जना गरि ४७ जनामा परिक्षण गर्दा ११ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका कोभिड फोकल प्रसन भक्ति फडेराले बताए ।

शनिबार गरिएको परिक्षणमा खार्पुनाथ १ गोप्का गाउँका एक जना ७० बर्षको महिलामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्राक ट्रेसिङका आधारमा संक्रमित महिलाको घरका थप ६ जना सहित १० लाई परिक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएपछि अहिले सम्म ग्रिन जोनका रुपमा रहेको खार्पुनाथ गाउँपालिकामा पनि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला बाहिरबाट आएका ४ जनालाई बैशाख २० गते सिमकोट बिमानस्थलमा गरिएको परिक्षणमा पोजेटिभ भएकाले सिमकोटको आइसुलेसनबाटै कोरोना जितेर घर गइसकेका छन् । अब खार्पुनाथमा पनि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएका संयोजक शाहींले बताए ।

अहिले सम्म जिल्लाका कुल संक्रमित मध्ये सिमकोट गाउँपालिकामा संक्रमितको संख्या १ जना, जिल्ला अस्पताल हुम्लामा २३ जना, सर्केगार्ड गाउँपालिकामा १६ जना, चंखेली गाउँपालिकामा २५ जना , अदानचुली गाउँपालिकामा ९ जना, ताँजाकोट गाउँपालिकामा ३० जना र खार्पुनाथमा ५ जना गरि जिल्लामा १ सय ९ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित मध्ये हालसम्म सिमकोटको आइसुलेसनबाट १८ र ताजाकोट गाउँपालिकाको आइसुलेसनबाट ११ जना गरी २९ जना निको भएर घर फिर्ता भइसकेका छन् । भने एक जनालाई श्वासप्रश्वासमा समस्या आएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो ।

अब जिल्लाका ६ वटा गाउँपालिकाका होम आइसोलेसन र सदरमुकाम सिमकोटस्थित रानीवनको आइसोलेसन वार्डमा गरी ७९ जना सक्रिय संक्रमित रहेका र उनीहरू सबैको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका कोभिड फोकल प्रर्सन भक्ति फडेराले बताए ।

तपाईको प्रतिक्रिया