जुनीचाँदे हकहित संरक्षण समाजद्धारा स्वास्थ्य सामग्री वितरण

No description available.

खलंगा, ४ जेठ । जिल्लाको जुनीचाँदे गाउँपालिकामा एक संस्थाले स्वास्थ्य सामग्री विरतण गरेको छ । जुनीचाँदे हकहित संरक्षण समाजले गाउँपालिकाको वडा नं २ मा स्वास्थ्य सामग्री वितरण गरेका हो ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि संस्थाले १ हजार पिस मास्क वडा कार्यालय र सर्वसाधारण जनतालाई ८ सय पिस मास्क वितरण गरिएको जुनीचाँदे हकहित संरक्षण समाजका सचिव नवराज शाहीले जानकारी दिए ।

No description available.

उनका अनुसार, गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्य सामग्री र प्रचारप्रसारलाई व्यापक बनाईको छ । संरक्षण केन्द्रले जुनीचाँदेको विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया