मन्त्रीपरिषदमा पुरानै मन्त्रीको निरन्तरता


प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रीलाई निरन्तरता दिएर नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नयाँ मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति थियो ।

उपपप्रधानमन्त्रीमा ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रृदयेश त्रिपाठी, सहरी विकासमन्त्री प्रभु शाह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले सपथ लिएका छन् ।

यस्तै खानेपानीमन्त्री मणि थापा, भौतिक योजना तथा पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फे नै दोहोरिनु भएको छ ।

श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलिकुमारी महतोले पुनः शपथ लिएका छन् ।

तपाईको प्रतिक्रिया