सुरु भयो यूवा नेता शाहको निःशुल्क एम्बुलेन्स सेवा

पूर्व सभासद राजीब शाहको सहयोगमा जाजरकोटमा निःशुल्क एम्बुलेन्स सेवा
खलंगा, २७ वैशाख । समाजसेवी एवं नेपाली काँग्रेसका युवा नेता राजीव विक्रम शाहको विशेष सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा शुरु भएको छ । भेरी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष खम्बजंङ्ग शाहको समन्वयमा पुर्व सभासद राजीव बिक्रम शाहको सक्रियताबाट एम्बुलेन्स गाडी सुरु गरिएको हो ।  जिल्ला अस्पताल जाजरकोटबाट रिफर गरेका बिरामीलाई उक्त गाडीबाट सुर्खेतदेखि नेपालगन्ज सम्म निःशुल्क आवतजावत गर्न सक्नेछन् ।

जाजरकोटका विभिन्न स्थानमा विरामीहरुको सेवा दिन एम्बुलेन्सले सहयोग पुग्ने युवा नेता शाहले विश्वास लिएका छन् । उनले एम्बुलेन्स व्यवस्थापनका लागि कुमारी ट्रष्ट स्थापना गरेका छन् । आफै अध्यक्ष रहेको ट्रष्टको माध्यमबाट उनले जाजरकोटमा समाज सेवाको कामहरु सञ्चालन गरेका छन् ।

सोमबारदेखि सञ्चालन भएको एम्बुलेन्सबाट सेवा प्राप्त गर्नका लागिसमेत उनले स्थानीयलाई सहजीकरणका लागि भेरी नगरपालिका वडा नं. ४ का अध्यक्ष खम्ब जङ्ग शाहको मोवाइल नं. ९८४८१३६०७७ सम्पर्क गर्न सकिन्छ ।

यसैगरी नेपाली काँग्रेस जाजरकोटका नेता बेदराज सिंहको मोवाइल नं. ९८५१००७६७१ सम्पर्क गर्न सकिन्छ । यस्तै एम्बुलेन्स सेवा सहजीकरणका लागि काँग्रेस जाजरकोटका नेता तेजविक्रम शाहको मोवाइल नं. ९८६८११७७७७ मा सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया