जाजरकोटमा जनगणनाको तयारी तिव्र, सात स्थानीय तहमा तीन कार्यालयको स्थापना

No description available.
सन्देश आचार्य
जाजरकोट, १० वैशाख ।
राष्ट्रिय जनगणना २०७८ लाई सम्पन्न गर्न जाजरकोटका सात वटै स्थानीय सरकारले आ– आफ्नो क्षेत्रमा छलफल गर्दै स्थानीय जनगणना समितिको बैठक सम्पन्न गरेका छन् । जिल्लामा वैशाख एकमा स्थानीय जनगणना समितिको कार्यालय स्थापना गरी सो कार्यको थालनी गरेका स्थानिय जनगणना समन्वय समितिका सदस्य सचिब मोतिराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार, जिल्लामा तिन ओटा कार्यालय रहेका छन् । जसअन्तर्गत बारेकोट र नलगाड हेर्ने गरी नलगाडमा ,भेरी नगरपालिका र कुशे गाउँपालिका हेर्नेगरी भेरी नगरपालिकामा कार्यालय स्थापना गरिएको छ । यस्तै, छेडागाड नगरपालिका , शिवालय गाउँपालिका र जुनिचाँदे गाउँ पालिका हेर्ने गरि छेडागाड नगरपालिकामा कार्यालय स्थापना गरिएको छ ।

सात वटै पालिकामा पहिलो र दोस्रो चरण गरी दुई चरणमा गणना सम्पन्न हुनेछ । पहिलो चरण आगामी जेठ ६ देखी जेठ २४ सम्म सुपरिवेक्षकद्धारा घर परिवार सुचिकरण फारम र दोस्रो चरणमा गणकहरुद्धारा जेष्ठ २५ देखि असार ८ मुख्य प्रश्नावली भर्ने समय तालिका रहेको छ ब। स्रोतका अनुसार हालको जनगणना देश संघीयतामा गएपछि को पहिलो गणना हो भने नेपालमा उक्त कार्यको शुरूवात वि. स. १९६८ वाट सुरु भएको थियो ।

प्रत्येक १० ÷ १० वर्षको अन्तरमा हुने गणना आधिकारिक तथ्यांकको आधारमा आगामी १० वर्ष सम्म विभिन्न किसमका निति तथा कार्यक्रम सन्चालन हुने भएकाले राजनितिज्ञ ,समाजसेवी ,नागरिक समाज , बुद्धिजीवी लगायतका सबै सरोकारवालाको चासोको विषय बस्तु बन्न पुगेको छ । ‘मेरो गणना मेरो सहभागिता’  भन्ने मूल नारा साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको यस महान् अभियानमा सबै सरोकारवालाको सहयोगको आवश्यकता छ । जसवाट देशको वास्तविक तथ्यांक आउने केन्द्रिय तथ्यांक अपेक्षा लिएको जिल्ला जनगणना अधिकारी जनकबहादुर वोहराले बताए ।

तपाईको प्रतिक्रिया