नेदरल्याण्ड्ससँग नेपाल ३ विकेटले पराजित

unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत चाैथाे खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएकाे छ । नेपालले दिएकाे दुई सय सात रनकाे लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेट गुमाएर पूरा गरेकाे हाे ।

नेदरल्याण्ड्सका लागि बास दि लिदेले अविजित ८१ रन बनाए । त्यस्तै बेन कुपरले ५५ र पेटर सेलारले ३१ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । आजकाे खेलमा सन्दीपले चार ओभरमा ४८ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै कुशल मल्ल, करण केसी र अविनाश बाेहाेराले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएकाे थियाे ।

नेपालका लागि कुशल भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । प्रतियाेगितामा कुशलकाे याे लगातार तेस्राे अर्धशतक हाे । त्यस्तै ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनकाे याेगदान गरे । त्यस्तै साेमपाल कामीले अविजित २१ रन बनाए ।

नेदरल्याण्ड्सका लागि भिभियान किङ्गमा र पेटर सेलारले दुई/दुई विकेट लिए ।

आजकाे खेल हारे पनि नेपालकाे फाइनल प्रवेश गर्ने सम्भावना कायमै छ । आजको हारसँगै नेपालले फाइनल प्रवेशका लागि मलेसियासँगको खेल कुर्नुपर्ने भएको छ । मलेसियासँगको सानो अन्तरको हारले पनि नेपाल फाइनलमा पुग्न सक्नेछ ।

नेदरल्याण्ड्सकाे पनि फाइनलमा पुग्ने सम्भावना कायमै छ । तालिकामा नेदरल्याण्ड्सकाे पनि चार अङ्क भए पनि नेपाल रनरेटको आधारमा पहिलो स्थानमा छ । नेपालले लिग चरणको अन्तिम खेल आउँदो बिहीवार मलेसियासँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया