
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनिश्चित वातावरण भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले नै पदबाट हटाउन नसकिने बताएका छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ औं स्थापना दिवसको अवसरमा सोमबार वाल्मिकी क्याम्पसमा आयोजित कार्यक्रममा देउवाले भने ‘ओलीलाई हटाउन चाहँदा चाहँदै पनि सियोर सट नभएकोले आफू अहिले चुप लागेको हो। प्रचण्डले समर्थन अझै फिर्ता लिएको छैन।
प्रचण्डले फिर्ता लिए पनि जसपाले समर्थन गर्न लागेको छु,’ उनले भने। अहिले नै हटाइहाल्ने कुरामा तत्काल चुप लागेको उनको भनाइ छ। सभापति देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएको भन्दै ओलीलाई आफूले हटाउन अनेक तरहले खोजिरहेको बताए।
तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले त्यो सम्भव हुन नसकेको पनि उनले बताए। यसलाई बुझेर कदम चाल्नु नेपाली कांग्रेसको हितमा हुने उनले बताए। देउवाले पहिला भारतको विरोध गर्दै हिँड्ने प्रधानमन्त्री ओली अहिले भारतकै टाङमुनि छिरेको आरोप लगाए। उनले भने, ‘हिजो भारतको विरोध गर्ने ओली भारतको टाङमुनि छिरे। राष्ट्रवादले चुनाव जितेका उनी अहिले भारतको त्वमशरणममा लागेको देखिएको छ।’
देउवाले कोरोना संक्रमण बढ्दै गएको भन्दै नेविसंघको यो कार्यक्रम पनि नगर्न आफूले आग्रह गरेको स्मरण गराए। यस्ता कार्यक्रमभन्दा जिन्दगी ठूलो भन्दै नजिक नजिक नबस्न आग्रह गरे। सभापति देउवाले नेविसंघमा रहेको गुटबन्दी नगर्न र एउटै कलेजमा तीन चार वटा समूह नखोल्न आग्रह गर्दै नेविसंघ बलियो पार्ने तर्फ सोच्नुपर्ने बताए। (थाहा खबर )
















































। ६ बैशाख २०७८, सोमबार