भलिबल प्रतियोगितामा प्रथम हुनेलाई खसी उपहार

सल्यान, २ वैशाख । नयाँ वर्षको अवसरमा सल्यानको दमाचौरमा दुई दिनसम्म चलेको भलिबल प्रतियोगिता बुधबार सम्पन्न भएको छ । साविक दमाचौर गाविसका ९ वटा वडा (हाल छत्रेश्ररी गाउँपालिका १ र २ वडा) लाई लक्षित गर्दै छत्रेश्वरी गाउँपालिका १ का वडा सदस्य प्रकाश हमालले व्यक्तिगत खर्चमा भलिबल र महिला रस्साकसी प्रतियोगिता राखेका थिए ।

भलिबलमा प्रथम साविक दमाचौर गाविस वडा नम्बर १ पलाटे भएको छ । प्रथम हुने टिमलाइ १५ हजार बराबरको खसी उपहार दिइएको वडा सदस्य हमालले बताए । त्यस्तै, दितृय साविक वडा नम्बर ४ चिन्नेखर्क र तितृय साविक वडा नम्बर २ मयानी भएको छ । दितृयलाइ साँढो र तितृयलाइ बाख्रो उपहार दिइएको छ । भलिबलमा ८ वटा टिमले सहभागीता जनाएका थिए । भलिबलका लागि दर्ता शुल्क २ हजार राखिएको थियो ।

त्यस्तै महिला रस्साकसीमा प्रथम साविक वडा नम्बर ३ को ‘ए’ र दृतिय वडा नम्बर ३ कै ‘बि’ भएका छन् भने तृतिय वडा नम्बर २ मयानी भएको छ । रस्साकसीमा प्रथमलाई २५ सय, दृतिय १५ सय र तितृय एक हजार पुरस्कार दिइएको छ । रस्साकसीमा दर्ता शुल्क निशुल्क थियो ।

तपाईको प्रतिक्रिया