सिडियो र डिएस्पी मास्क वितरणमा, हेलचक्याँई नगर्न आग्रह

                                        मास्क बाँड्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा
कालीबहादुर नेपाली
जाजरकोट, २ वैशाख । जिल्लाको भेरी नगरपालिका ३ थाप्लेमा बुधवार भएको एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा र प्रहरी प्रमुख मधुकुमार थापा पुगे । मालिका सामुदायिक सेवा केन्द्रले आयोजना गरेको मोटरसाईकल दौड प्रतियोगितामा सहभागी हुन् गएका सिडियो र डिएस्पीले सहभागी कसैले पनि मास्क नलाएको देखे । तत्कालै सिडियो देवकोटाले आफ्नो खल्ती बाट पैसा निकालेर एकजनालाई ल्याउन पठाए ।

May be an image of 2 people, people standing and people sitting

                                      मास्क बाँड्दै  प्रहरी प्रमुख मधुकुमार थापा

कार्यक्रममा सहभागी सबैलाई प्रहरी प्रमुख थापा, प्रमुख जिल्ला अधिकारी देवकोटा र शसस्त्र प्रहरी वल जाजरकोटका प्रमुख नरेश भण्डारीले एकै साथ बाँडे । मास्क बाँड्दै प्रमुख जिल्ला अधिकारी देवकोटाले भने, ‘यहाँहरुले मास्क लगाउनु भएको रहेन्छ, भोली देखि नियमित लाउनुहोला, आज हाम्रो तर्फ बाट लगाउनुहोस् ।’ कोरोना भाईस (कोभिड १९) को दोस्रो लहर नेपालमा पनि फैलिएको छ । यसैलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटले भिडभाड हुने कार्यक्रम, सभा, समारोह, गोष्ठी, सेमिनार नगर्न सार्वजनिक सुचना जारी गरिसकेको छ ।

तर यहाँका बासीन्दाहरुले कोरोनालाई हेल्चक्याँई गरेको जानकारहरु बताउँछन् । स्थानीयहरुलाई सचेत गराउन समेत मास्क वितरण गरिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए । जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेको भएपनि जिल्लामा बाक्लो मानिसहरुको उपस्थित रहेको कार्यक्रम भने गरिदै आएको छ । सरकारले सामाजिक दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, सेनिटाईजर घस्ने लगायतका स्वास्थ्यका मापदण्डको पालना गर्ने आग्रह गरिरहेको छ । जिल्लामा भने स्वास्थ्यका कुनै पनि मापदण्ड पालना नगरेको स्थानीय वुद्धिजिवीहरु बताउँछन् । यहाँका नागरिकहरुको चेतनामा वृद्धि गर्न र वानीको विकास गर्न मास्क वितरण गरिएको प्रहरी प्रमुख थापाले बताए ।

अवका दिनमा कोरोनालाई कमजोर नठानी स्वास्थ्यका मापदण्ड पाला गर्न थापाले आग्रह गरे । सरकारले २५ जना भन्दा बढी मानिसहरुको उपस्थिती रहेको कार्यक्रम रोक्न आग्रह गरेको छ । राजनितीक दलका कार्यक्रम बाक्लो मानिसहरुको उपस्थितीका साथ सम्पन्न भईरहेका छन् । कतै कमजोर प्रशासन भनेर प्रश्न उठिएको स्थानीय समाजसेवीहरु बताउँछन् । कुनै पनि कार्यक्रममा अनिवार्य मास्कको प्रयोग गर्ने, सेनिटाईजर घस्ने, सामाजिक दुरी कायम गर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए ।

एकैदिन ६ सय ३ जना कोरोना सङ्क्रमित थपिए
नेपालमा बुधबार मात्रै ६ सय ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार २ सय ८९ जनाको पीसीआर परीक्षणबाट ५ सय ८० जना र ४ सय ५१ एन्टिजेन परीक्षणबाट २३ जना गरी ६ सय ३ जनामा सङ्क्रमण देखिएको बताए । यो संख्या पछिल्ला केही महिना देखिको उच्च हो ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्रै २ सय ५४ जना हुन् । जसमा काठमाडौंका १ सय ७३, ललितपुरका ६१ तथा भक्तपुरका ३२ जना छन् । हाल नेपालमा ४ हजार ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये ८० जना आईसीयूमा र २५ जना भेन्टिलेटरमा रहेका छन् । १ सय २९ जना आज कोरोनामुक्त भएका छन् । यो संख्या कुल संक्रमितको ९७ दशमलव ५ प्रतिशत हो ।

बेलायतमा पत्ता लागेको भेरियन्ट नेपालमा फैलियो
बेलायतमा पत्ता लागेको भेरियन्ट नेपालमा फैलिरहेको सरकारी विज्ञले बताएका छन्। इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा यस्तो बताएका हुन् । उनका अनुसार यो भाइरस बढि ३१ वर्षदेखि ४० वर्षका व्यक्तिलाई देखिएको छ।

‘यो भेरियन्ट चौतर्फि फैलिरहेको संक्रमणदरले देखाएको छ,’उनले भने,’ललितपुर जिल्लाका एक जनामा यो भाइरस पत्ता लागेको छ। सबै सचेत बनौं,सार्वजनिक ठाउँमा भिडभाड नगरौं।’ जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभाग,धुलिखेल अस्पतालका निर्देशक डा.विराजमान कर्माचार्यले पिसिआर परीक्षणदर बढाएमा अझै कोरोना संक्रमणदर बढ्ने बताए ।

‘छिमेकी मुलुक भारतमा बढ्दै गएको संक्रमणदरलाई हेर्दा नेपाल अझै भयावह हुने निश्चित छ,’उनले भने,‘अहिले नेपालमा बेलायती प्रजातीको भेरियन्ट फेला परेको छ।’

तपाईको प्रतिक्रिया