
कालीबहादुर नेपाली
जाजरकोट, १ वैशाख । भेरी नगरपालिकाले सञ्चालन गरेको अन्तर माद्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड एवं चौथो मेयर कपको उपाधी त्रिभुवन मा.विले हात पारेको छ ।
घरेलु मैदानमा चैत्र २६ गते देखि सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड एवं चौथो मेयर कपमा भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नालाई पछि पार्दै उपाधी हात पारेको हो ।
जसअन्र्तगत १६ स्वर्ण, १७ रजत, १ कास्य गरी जम्मा ३४ पदक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो । भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नाले ११ स्वर्ण, ११ रजत, ९ कास्य गरी ३१ पदक प्राप्त गरी दृतिय स्थान प्राप्त गरेको छ भने, भगवति माद्यामिक विद्यालय कुदुले स्वर्ण ७, रजत ५ गरी १२ पदक प्राप्त गरी तृतिय स्थान हासिल गरेको भेरी नगरपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक चित्रबहादुर वलीले जानकारी दिए ।
उनका अनुसार, शिव माद्यामिक विद्यालय कालेगाउँले ५ स्वर्ण, ५ रजत, ५ कास्य गरी जम्मा १५ पदक प्राप्त गरी चौथो स्थान प्राप्त गरेको छ । यस्तै, आधारभुत विद्यालय तर्फको खेलमा भगवती माद्यामिक विद्यालय कुदुले ५ स्वर्ण,४ रजत,५ कास्य गरी जम्मा १४ पदक प्राप्त गरी प्रथम स्थान हासिल गरेको छ ।
३ स्वर्ण, ३ रजत, १ कास्य गरी ७ पदक प्राप्त गर्दै विजय माद्यामिक विद्यालय काफलचौरले दृतिय स्थान हासिल गरेको छ भने, त्रिभुवन माद्यामिक विद्यालय खलंगाले २ स्वर्ण, २ रजत, २ कास्य गरी जम्मा ६ पदक प्राप्त गरी तृतिय स्थान प्राप्त गरेको सहायक वलीले बताए । आधारभुत विद्यालयलाई प्रथम पुरुस्कार १५ हजार,दृतिय पुरुस्कार १० हजार र तृतिय पुरुस्कार ५ हजार रहेको नगर शिक्षा शाखा प्रमुख अमृत पुनले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार आधारभुत विद्यालय अन्र्तगत सहभागी रहेका प्रत्येक विद्यालयलाई १०÷१० हजार प्रदान गरिएको छ । यस्तै, माद्यामिक विद्यालय तर्फको प्रथम पुरुस्कार ३० हजार, दोस्रो २० हजार, तेस्रो १५ हजार र सान्तवना १० हजार पुरुस्कार वितरण गरिएको प्रमुख पुनले बताए । नगर भित्रका ५ आधारभुत विद्यालय र ९ माद्यामिक विद्यालयका ३ सय ४३ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
छात्रा र छात्र भलिवल कसले जित्यो ?
नगरपालिकाकाले सञ्चालन गरेको छात्र भलिवलको उपाधी शिव माद्यामिक विद्यालय कालेगाउँले उपाधी हात पारेको छ । त्रिभुवन माद्यामिक विद्यालयको मैदानमा भएको खेलमा त्रिभुवन मा.वि. खलंगालाई हराउँदै उपाधी जितेको हो ।
\यस्तै, छात्र तर्फको भलिवलमा शिव माद्यामिक विद्यालय कालेगाउँ प्रथम, त्रिभुवन माद्यामिक विद्यालय खलंगा दृतिय र भगवति माद्यामिक विद्यालय कुदुले तृतिय स्थान प्राप्त गरेको छ । यस्तै छात्रा तर्फको भलिवल सरस्वती माद्यामिक विद्यालय पुन्माले जितेको छ । दृतिय स्थान त्रिभुवन माद्यामिक विद्यालय खलंगाले प्राप्त गरेको छ भने, तृतिय स्थान विजय माद्यामिक विद्यालय काफलचौरले हात पारेको छ ।
विजेता विद्यालयलाई कप, प्रमाण पत्र प्रदान गरिएको छ । शिल्ड भने यसपाली पनि त्रिभुवन माद्यामिक विद्यालय खलंगाले राखेको छ । राष्ट्रपति रनिङ्ग एवं चौथो मेयर कपमा कपड्डी, ४ सय मिटर दौड, २ सय मिटर दौड सञ्चालन गरिएको शिक्षा प्रमुख पुनले बताए ।
त्रिभुवन माद्यामिक विद्यालयमा प्रागंनमा सञ्चालन गरिएको प्रतियोगिताले जिल्लामा खेल क्षेत्रको विकासमा टेवा पुग्ने लक्ष्य लिएको पाईएको छ । खेलाडीको मनोभावलाई उच्च राख्न उत्कृष्ठ खेलाडीको समेत घोषणा गरिएको छ ।
















































। १ बैशाख २०७८, बुधबार