जाजरकोटमा ट्राफिक प्रहरीद्वारा ३० लाख राजस्व संकलन

जाजरकोट, ३१ चैत्र । आर्थिक वर्ष २०७७÷०७८ को हाल सम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले ३० लाख राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरेर सवारी साधनका चालकलाई कारबाही गर्दा हाल सम्म ३० लाख ९९ हजार ५ सय राजश्व संकलन भएको हो ।

आर्थिक बर्षको हाल सम्म ३ हजार ६ सय ५० सवारी चालक कारबाहीमा पर्दा ३० लाख ९९ हजार ५ सय राजस्व उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ३ सय ३७ ट्रकलाई कारबाही गर्दा २ लाख ७४ हजार ५ सय राजस्व संकलन भएको छ ।

ट्राफिक कार्यालयका अनुसार ३ सय ७३ बसलाई कारबाही गर्दा २ लाख ९८ हजार ५ सय राजस्व संकलन भएको हो । त्यसैगरी ५ सय ९७ जिप कार भेन कारबाहीमा पर्दा ४ लाख ७७ हजार ५ सय संकलन भएको छ भने २ सय ५६ ट्याक्टरलाई कारबाही गर्दा २ लाख २१ हजार ५ सय राजस्व संकलन भएको छ । यस्तै, २ हजार ६६ मोटरसाईकललाई कारबाही गर्दा १८ लाख १२ हजार पाँच सय राजस्व उठेको छ भने, टेम्पु २१ लाई कारबाही गर्दा १५ हजार राजस्व संकलन गरिएको प्रहरी प्रमुख लक्ष्मण विकले जानकारी दिए ।

उनका अनुसार, लाईसेन्स, विलवुक नभएका, क्षमता भन्दा बढी यात्रु राखेका, क्षमता भन्दा बढी लोड बोकका यातायातलाई कारवाही गर्दा राजस्व संकलन गरिएको हो । जाजरकोटमा सबैभन्दा बढी मोटरसाईलक आतंक भएको र जरिवाना तिरेपछि भईहाल्छ भन्ने प्रवृति भएका कारण यसलाई थप कडाईका साथ लिईने समेत बताए ।

अव जाजरकोटमा हामीले यातायात क्षेत्रमा सुधार गरी दुर्घटना हुन नदिई, यात्रुलाई आरामदायी यात्राको वातावरण सिर्जना गरिने प्रमुख विकको भनाई छ ।

‘म आएको एक महिना भयो, जाजरकोटका नागरिक बाट ट्राफिकले राम्रो गरेको सुनिएको छ, यसलाई कायम राखी जाजरकोटको शान्ती सुरक्षामा काम गर्नेछु उनले भने ।’ विगतका बर्षहरुमा भन्दा पछिल्लो समय जाजरकोटमा दुर्घटनाका घटनाहरुमा समेत कमी आएको स्थानीयहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया