आत्महत्या गर्नेको संख्या बढ्दो, १५ देखि ३० बर्षका धेरै


कालीबहादुर नेपाली
जाजरकोट, ३० चैत्र । पछिल्लो समय जाजरकोटमा आत्महत्या गर्नेको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो दुई बर्षमा २६ जनाले आत्महत्या गरेका छन् । समग्र तथ्याङ्कमा झुण्डिएर आत्महत्या गर्नेहरुको संख्या बढी रहेको छ ।

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷७७ मा झुन्डिएर आत्महत्या गर्ने ४ जना, औजार बाट आत्माहत्या गर्ने १ जना गरी जम्मा ५ जनाले आत्माहत्या गरेका छन् । त्यस्तै आर्थिक बर्ष २०७७÷७८ मा झुण्डिएर १९ जनाले आत्माहत्या गरेका छन् भने विष सेवन गरी आत्महत्या गर्नेको संख्या २ रहेको छ । प्रहरीको अनुसन्धान अनुसार गाउँभन्दा बजार ऐरियामा आत्महत्या गर्नेहरुको संख्यामा वढी देखिन्छ ।

आत्माहत्या किन गरेको भन्ने विषयमा अधिकांश घटनाहरुको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोग, घरेलु हिंसा, माद्यक पदार्थ सेवन, बालविवाह, जातिय विभेद, लगायतका कारणले आत्माहत्या गर्ने गरेको जानकारहरु बताउँछन् ।

केहो आत्माहत्या ?
आत्माहत्या भन्नाले भेरी नगरपालिकामा कार्यरत मानसिक स्वास्थ्य मनोसामाजिक कार्यकर्ता प्रविन विकले भने, ‘कुनै पनि व्यक्तिले जानीजानी आफ्नो जीवन आफैले समाप्त पार्ने कार्यलाई बुझिन्छ, जसले आत्महत्याको प्रयास अथवा आत्महत्या नै गर्दछन्, त्यसमध्ये ९५ प्रतिशत व्यक्तिलाई कुनै न कुनै किसिमको मानसिक रोग हुन्छ भन्ने कुरा अध्ययनहरूले पुष्टि गरेका छन्, त्यसमध्ये धेरैजसो व्यक्तिहरूमा आत्महत्याको कारण उदासीनता वा डिप्रेसन हुने गर्दछ, बाँकी ५ प्रतिशत व्यक्ति भने कहिलेकाहीँ एक्कासि तनावपूर्ण अवस्थामा पनि आत्महत्याको प्रयास गर्दछन् । यो मानसिक रोगले नभएर अचानक हुने घटनाक्रमसँग अथवा तनावसँग लड्न नसकेर हुने गर्दछ ।’
हरेक बर्ष विश्वमा ८ लाख भन्दा बढ़ी मानिसहरु आत्माहत्याको कारणले मर्ने गर्छन् । आत्माहत्याको प्रयास गर्नेको संख्या झन धेरै छ । नेपालको तथ्याङ्क हेर्ने हो भने बर्षेनि ६८ हजार भन्दा बढी मानिसले आत्माहत्या गर्दछन् । यसमा पनि १५ – ३० बर्ष उमेरका धेरै गरेको देखिएको छ । नेपालमा हाल १५–४९ वर्ष उमेरका महिलाहरुमा मृत्युको प्रमुख कारण आत्माहत्या हो । यसले पछिल्लो समय नेपालमा महिलाहरुमा हुने मृत्युको प्रमुख कारण प्रसूति सम्बन्धी समस्या लाई उछिनेको छ ।

किन गर्छन् आत्माहत्या ?
विक भन्छन्, ‘आत्माहत्या प्रयासगर्ने मानिसहरुको आफ्नै बिभिन्न कारणहरु हुन्छन, कतिपय मानिसहरु मानसिक समस्या बाट गुजरीएका हुन्छन्, उदासीनता(डिप्रेशन ) एउटा प्रमुख कारण हो, त्यस्तै अन्य कारणहरुमा मद्यपान तथा लागुऔषधको प्रयोग गर्नु, कडा किसिम को मानसिक रोग (स्चिजÞोफ्रेनिया, बाइपोलर डिसअ‘ार्डर ), चिन्ता(एंग्जायटी) र अनियन्त्रित बनी व्यबहार (पर्सनालिटी डिसआर्डर) को समस्या हुन्, यस्ता समस्यामा मानिसहरु आफ्ना जीवनमा आइपर्ने सानातिना समस्या सँग लड्न नसक्ने र भविष्यलाई अंधकार देख्ने गर्नाले आत्माहत्याको बाटो रोज्ने गर्छन ।’

हाम्रो समाजमा मानसिक रोग लागेका प्रति नकारात्मक सोच भएको हुनाले मानिसहरु यस बारे कुरा गर्न खोज्दैनन् र यो रोग लगेपछि यसको उपचार गर्न जादैनन् । त्यसैलेपनि आत्माहत्याको संख्या दिनानुदिन बढ्दोछ । आत्माहत्याको बाटो रोज्न पुग्नेहरु प्रायः मर्न नचाहेको र कोही आएर उनिहरु लाई रोकीदिए हुन्थ्यो भन्ने महसुस गर्छन् । कोही आएर उनिहरु लाई आफु ठिक भए नभएको सोधिदिए हुन्थ्यो, आफ्नो कुराहरु सबै बताउने चाहना राख्दछन् तर त्यस्तो नहुने उनिहरु बताउँछन् । मानिसहरु कतिपय समयमा आफुहरुले उनिहरुसँग कुरा गर्नुपर्छ भन्ने जन्दाजान्दै पनि केही गर्न चाहादैनन । यसका केही कारणहरु मध्ये ब्याप्त भ्रम ‘आत्माहत्याबारे कुरा गर्दा यस्ले झन उनिहरुको मनमा आत्माहत्या गर्न प्रोत्साहन गर्छ भन्नेछ ।’

तर यसबारे कुरा गर्दा उनिहरुमा भएको आत्माहत्याको सोचाई सांग सम्बन्धित तनाब घटाउन मद्दत गर्छ, त्यो व्यक्तिलाई उसको भावनाहरु बुझिदिएको जस्तो महसुस हुन्छ र आफ्नो समस्या को बारेमा छलफल गर्नको लागी इच्छुक हुन्छ र सही ठाउँमा गएर उपचार गर्न मद्दत पुग्दछ । अर्को भ्रम ‘जसले आत्मा हत्या गर्छ उसले कुनै संकेत नै दिदैन’ । तर यस्तो नभै विभिन्न संकेतहरु दिएको हुन्छ । जस्तो – सधाको लागी सूती रहना मन लाग्छ भन्नु , कसैले मलाई मद्दत गर्दैन भन्नु, अब मेरा सबै समस्याहरु छिट्टै समाधान हुदैछन भन्नु , बाँच्ने इच्छा नभएको भावना ब्यक्त गर्नु, आफ्ना बहुमूल्य सरसामानहरु अरुलाई बाँडीदिनु आदि कारणले आत्माहत्या गर्ने गरेको विकले बताए ।

आत्महत्या कसरी रोक्न सकिन्छ ?
आत्माहत्या रोक्नका लागि विक भन्छन्, ‘आत्महत्या गराउन सक्ने तरिकामा पहुँच घटाउने, मानसिक समस्या भएका बिरामीको उपचार गर्ने, विगतका आत्महत्याका प्रयासका कुरा गरेर वर्तमान अवस्थाको मूल्यांकन गर्ने, मिडियाले पनि जिम्मेवारीपूर्वक सामग्री प्रसारण गर्ने कार्यले केही हद सम्म कम गर्ने सकिन्छ ।’

‘प्राथमिक स्वास्थ्य सेवा प्रदायकहरूलाई तालिम दिने यो बुझ्नु महत्वपूर्ण छ कि, थोरै आत्महत्या मात्र कुनै चेतावनी वा संकेतहरु बिना पनि हुन सक्छन्, प्रायः आत्महत्यामा आत्महत्याको स्पष्ट संकेतहरू हुन्छन् जसले उनीहरूको मनसाय दर्शाउँछ। तसर्थ, कसैले आत्महानिको डर (त्रास) देखाँउछ भने त्यसलाई गम्भीरताका साथ लिनु पर्छ, प्रायः आत्महत्या गर्ने प्रयासहरू विरोधाभासपूर्ण हुन्छन् र जानाजानी मर्दैनन्, धेरै आत्महत्याहरू सुधारको अवधिमा हुन्छन् जब एक व्यक्तिसँग निराश विचारहरूलाई विनाशकारी कार्यहरूमा परिणत गर्ने इच्छा हुन्छ, यद्यपि आत्महत्या प्रयास गरेका व्यक्तिहरू जोखिममा नहुन पनि सक्छन्, आत्महत्याका विचारहरू फेरि देखा पर्न सक्छन् तर स्थायी हुँदैनन् र केही व्यक्तिहरूमा त्यस्ता विचारहरू कहिल्यै देखा पर्दैनन् उनले थपे ।’

तपाईको प्रतिक्रिया