किन लेखे साहित्यकार पुष्करले यस्ता गजल र मुक्तक ? पढ्नुहोस

पुष्कर पराग चन्द
भेरी नगरपालिका ५, जाजरकोट

१) गजल
भन आज सम्म कुन कुरामा बिवाद गरियो
न अनपढ भनियो, न जातीय भेदभाव गरियो
तिम्रा जम्मै यादहरु बोकेर हिड्ने सिमाना देखि,
आयात ज्यादा गरियो होला,कम निर्यात गरियो

जस्को लागि यो गर्धन थापिदिए आज उसैले भन्छ,
सायद आफन्त सम्झेर तिमिलाई ठूलो घात गरियो

बगरमा छट्पटाई रहेको प्यासीलाई पानी दिएर,
छानबिनहोस महोदय पुन्य गरियो,या पाप गरियो
जब आफन्त गुमाए,कलेजो गुमाए त्यसै दिन बाट,
अब कहिलै पनि पिउदिन भनेर औलाछाप गरियो

१) मुक्तक
भन कहाँ गएर मैले अदालतमा, औलाछाप गर्नुपर्छ
अरे बिश्वास नभए कुन कागजमा, औलाछाप गर्नुपर्छ
अप्सोच न्यायाधीशले हाम्रो अन्तिम, फैसला सुनाएपछि,
तिमिले पनि साक्षीहरुको माझमा, औलाछाप गर्नुपर्छ ।

२) मुक्तक
स्वर्णिम सपनाहरुको बजार पठाई दिउ जस्तो ।
सिसै सिसाले बनेको निधार पठाई दिउ जस्तो ।
यो बैशाखमा तिम्रो बिवाह पक्का हुने भए पछि,
लाग्छ मुटु झिकेरै उपहार पठाइ दिउ जस्तो ।

तपाईको प्रतिक्रिया