भारतमा एकैदिन १ लाख ४४ हजारमा कोरोना सङ्क्रमण, विश्वमा १० करोड ८९ लाखभन्दा धेरै व्यक्तिल जिते

भारतमा थप १ लाख ४४ हजार ८२९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ । २४ घण्टामा सङ्क्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिले सम्मकै धेरै हो । यसअघि हिजो भारतमा१ लाख ३१ हजार ८ सय ९३ जनामा सङ्क्रमण देखिएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको संख्या १ करोड ३२ लाख २ हजार ७८३ पुगेको छ ।

भारतमा १ करोड १९ लाख ८७ हजार ९४० जना सङ्क्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको संख्या १० लाख ४६ हजार ३७६ छ । यस्तै, विश्वभर १० करोड ८९ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको सङ्क्रमणलाइ जितेका छन् । विश्वभर १० करोड ८९ लाख ७९ हजार ५ सय ६८जना कोरोना भएर पनि निको भएका छन् ।

यो कुल सङ्क्रमितको आधारमा निको हुने दर ८० दशमलब ४६ प्रतिशत हो ।यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २९ लाख २७ हजार ४ सय ४० पुगेको छ । पछिललो २४ घण्टामा १३ हजार २४ जनाको मृत्यु भएको छ ।कोरोनाले विश्वमा सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ ।

हालसम्म अमेरिकामा पाँच लाख ७४ हजार ८ सयको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ३ लाख ४८ हजार ९३४ जना, भारतमा १ लाख ६८ हजार ४६७ जना, रूसमा १ लाख २ हजार २४७ जना, बेलायतमा १ लाख २७ हजार ४० जना, फ्रान्समा ९८ हजार ३९५ जना, इटालीमा १लाख १३ हजार ५७९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया