जाजरकोट, १५ वैशाख । बुधबार ३५ जनामा गरिएको परिक्षणबाट १० जनालाई कोरोना पुष्टी भएको छ । जिल्ला अस्पताल जाजरकोटमा गरिएको एन्टीजेन परिक्षणबाट २० जनामा ७ जनालाई कोरोना पुष्टी भएको हो । यस्तै, छेडागाड नगरपालिकाको छेडाबजारमा १५ जनामा गरिएको परिक्षणमा ३ जनामा कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका कोरोना फोकल प्रर्सन कृष्ण खत्रीले जानकारी दिए । बुधबार गरिएको परिक्षणबाट १० जनालाई कोरोना पुष्टी भएपछि जिल्लामा संक्रमितको संख्या ६६ पुगेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ ।
कोरोनाको दोस्रो लहर सुरु हुन पहिले गत चैत २६ गते गरिएको परिक्षणबाट कोरोना संक्रमित जुनीचाँदेका एक जना बिरामी सन्चो भएर घर फर्किसकेको जानकारी दिदै खत्रीले कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि जिल्लामा ६६ जना संक्रमितको संख्या पुगेको बताए ।
संक्रमितहरुलाई स्वास्थ्य कर्मीहरुको निगरानीमा होम आईसुलेसनमा राखेर उपचार गरिएको छ ।
होम आईसुलेसनमा रहेका बिरामीहरुलाई परिवारका अन्य सदस्यहरु संगको सम्पर्कबाट टाढा राख्नुको साथै नियमित दुध, अण्डा, माछा, मासु जस्ता पोषणयुक्त आहार बिहार गर्न गराउन भेरी नगरपालिकाले आग्रह गरेको छ । होम आईसुलेसनमा रहेका बिरामीहरुले दैनिक योग तथा व्याम गर्ने, धार्मिक तथा अध्यामिक प्रवचन सुन्ने, सुनाउने जस्ता प्रकृति चिकित्साविधीलाई अबलम्बन गर्न भेरी नगरपालिकाद्धारा मंगलबार जारी गरिएको अपिलमा भनिएको छ– ‘मध्यपान तथा धुम्रपानदेखी सबै बिरामीहरु टाढा बस्न अनुरोध समेत गरिएको छ ।
















































। १५ बैशाख २०७८, बुधबार