धमाधम निर्माण हुदै जाजरकोट-डोल्पा सडक

जाजरकोट, १४ वैशाख । सडक स्तरउन्नतीको कार्य तिव्र बनाइएसँगै जाजरकोट –डोल्पा सडक खण्डमा पुलको कामलाई गती लिईएको छ । जाजरकोट पासागाड देखि रिम्ना सम्मको पिच गर्ने कामलाई तिव्रता दिनाका लागि अहिले सडक फराकिलो बनाउने , ग्याभिङ तार ,जाली राख्ने काम करिव सम्पन्न हुन् लागेको छ ।

साना ,साना खोला तथा पानीले प्रभाव पार्ने सक्ने ठाउँमा हिमपाइपहरु राख्ने काम सुरु भएको सडक डिभिजन चौरजहारीका प्रमुख धुर्व कुमार झाले जानकारी दिए । दुई वर्ष भित्र निर्माण कार्य पूरा गर्ने उदेश्यले सम्झौता भएको सडकको काम सन्तोषजनक नभएको सरोकारवाला निकायको आरोप छ । कामदारको संख्या बढाएर कामलाई तिव्रता दिएमा मात्र तोकिएकै मितिमा काम गर्न सकिने आकलन गरिएको छ ।

भेरी करिडोर अन्तरर्गत रहेको यो जाजरकोट – दुनै मरिम ,तिन्जे धो सडकको जाजरकोटको पासागाडबाट पिचको काम सुरु भएको हो । बहुवर्षीय योजना अन्तरर्गत काम सुरु भएको यस सडकमा पहिलो चरणमा पासागाड – रिम्नाको सम्मको सडकमा काम भइरहेको छ । दोस्रो चरणमा रिम्ना – तल्लु सम्मको हुँने प्रमुख झाले जानकारी दिनुभयो । अहिले काम चालु रहेको सडकको काम छिटो भइदिएको भए बाँकी अगाडीको कामको ठेक्का खोल्न सजिलो हुने उनको भनाई छ ।

तोकिएको समयमा पुल निर्माण नहुने
यस सडक खण्डको भुर्मेखोला , नलगाड नदीमा पुलको काम अन्तिम चरणमा पुगेको छ । डोल्पा खण्डका पाँच पुलको काम असार सम्मा ८० प्रतिशत सम्पन्न हुने बताएको छ । जाजरकोट खण्डको अन्य चार पुलहरुको काम समेत तिव्र रुपमा भइरहेको सडक डिभिजन चौरजहारीका प्रमुख धुर्वकुमार झाले बताए । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्ने हो भने विकास निर्माणको काम धेरै टाढा नभएको उनको भनाई छ ।

भइरहेको ठाउँमा कामको गती जती छिटो भए ,उत्ती बाँकी रहेको कामलाइ ठेक्का लगाएर छिटो गर्न सकिने बताए । जाजरकोट –दुनै डोल्पा सम्म १२ पुलको काम चालु अवस्थामा रहेको छ । जाजरकोटको तल्लु र रुकुम पश्चिम आठबीसकोट अनाह बीचमा रहेको भेरी नदीमा वेलिव्रिजको निर्माण गर्नका लागि पहल सुरु भएको छ । यो पुल भन्दा ठुलो र लामो दुरीमा रहेका पुल हो ।

पहिलो चरणमा जाजरकोट–डोल्पा सडक खण्डमा पर्ने करबगाड खोला, डोल्पाको खदाङस्थित हरियापानी, त्रिपुराकोटको छलगाड, त्रिपुराकोट बगरस्थित ठूलीभेरी नदी र ठूलीभेरी नगरपालिकामा पर्ने रुपगाड खोलामाथि बेलिब्रिजको काम असार मसान्त सम्म सम्पन्न गर्ने भनिएको भएपनि ८० प्रतिशत काम पूरा हुने छ ।

२०७६ मंसिरमा जाजरकोट–डोल्पा सडक खण्डको विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलको प्रारम्भिक सर्वेक्षण सकिएपछि पाँच बेलिब्रिज पुलको निर्माण कार्य सुरु भएको थियो । २०७७ असोज मसान्तभित्र यस सडकखण्ड अन्र्तगत भेरी नदीमाथि पाँचवटा बेलिब्रिज पुल निर्माण हुने भनिएपनि २०७८ असार सम्मा मात्र ८० प्रतिशत काम पुरा हुँने बताएको छ ।

करीब ११८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ट्याक खोल्ने कार्य नेपाली सेनाले २०७५ मङ्सिर ४ गते सम्पन्न गरेको थियो । निर्माण गरेको एक वर्षपछि २०७६ कात्तिक २१ सडक विभागलाई जाजरकोट–डोल्पा सडक औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो ।

जाजरकोट देखि दुनै सम्म पुल र सडकको स्तरउन्ततीसँगै अन्य काम पुरा भएमा मात्र मरिम तिन्जे सडक लिन सहजता आउने छ । उपल्लो डोल्पाका चार स्थानीय तहमा सडक जोड्न सजिलो हुँने मात्र होइन , छिमेकी मुलुक चिनको तिव्वतसँग समेत सडक जोडिने छ ।

चार जलविद्युत आयोजना निर्माणमा सहजता आउने
यो सडकको स्तरउन्नतीसँगै नलगाड जलविद्युत आयोजना , ताँसुगाड , जगदुल्ला , जगदुल्ला ए र भेरी ए,वि ,सि आयोजना निर्माणमा सहजता आउने अपेक्षा लिइएको छ । आयोजनाका निर्माण सामग्री लिन समेत अहिले सडक नहुँदा समस्या भइरहेको छ ।

आयोजना निर्माण स्थलमा सामग्री लिन अहिले ठुलो हेलिकोप्टर प्रयोग गर्नुपर्दा भारी धनराशी खर्च भइरहेको छ । त्यस्तै विद्युतको ३३ केभी प्रशारण लाइन निर्माणमा समेत चुनौती थपिएको छ । गाउँ , गाउँमा निर्माण गर्न लागिएका सव स्टेशनमा निर्माणका सामग्री लिन धौ , धौँ परेको हो ।  घ #नेपालपोस्ट खबर#

तपाईको प्रतिक्रिया