स्वास्थ्यविद‍्हरूको चिन्ता : उपचार पाउन गाह्रो हुँदै छ, आफैं जिम्मेवार बनौं’

काठमाडौं : पछिल्लो साता कोरोना संक्रमण ह्वात्तै बढ्न थालेपछि चिकित्सकहरू पनि आत्तिन थालेका छन्।

संक्रमितको लक्षण र अस्पतालमा चाप हेर्दा अहिले फैलिएको कोरोना संक्रमणले नेपालमा विकराल रूप लिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्। दिनानुदिन संक्रमितको ग्राफ बढ्दै जाँदा यसले गम्भीर पार्ने भएकाले चिन्ता व्यक्त गर्दै सजगता अपनाउन भनेका छन्।

नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख राजेश सम्भाजी राव पाण्डभले संक्रमणबारे सामाजिक सञ्जालमा महामारीबाट कसरी जोगिने त्यसबारे लेखेका छन्।

उनले लेखेका छन्– ‘मास्क एउटा महत्वपूर्ण साधन हो । आफू तथा आफ्ना प्रियजनहरु तथा समुदायलाई कोभिडबाट सुरक्षित राख्न, कोभिड १९ को समयमा सुरक्षित तथा स्वस्थ रहनका लागि हात सफा राख्नुहोस, मास्क लगाउनुहोस , दुरी कायम राख्नुहोस, अनुहारमा नछुनुहोस, बिसन्चो भएमा घरमा बस्नुहोस, खोक्दा हाच्छीउ गर्दा कुहिनो वा टिस्यु कागज प्रयोग गर्नुहोस, कुनै लक्षण देखिएमा जाँच गराउनुहोस्।’

तपाईको प्रतिक्रिया