पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय (सूचना)

काठमाडौं । सरकारले सोमबारबाट सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ।

कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।

भर्चुअल र वैकल्पिक माध्यमबाट हुने पठनपाठन भने जारी राख्ने निर्णय भएको पनि सीसीएमसी सचिवालयका संयोजक डा.खगराज बरालले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया