चौरजहारी नगरपालिका भित्रका बिद्यालय बन्द नगर्न शिक्षा शाखाको सूचना

रुकुम पश्चिम : चौरजहारी नगरपालिका भित्र रहेका सबै बिद्यालयहरु सञ्चालन हुने भएका छन् । नगरपालिका भित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेकोले विद्यालयहरु नियमित रुपमा सञ्चालन हुने सुचना मार्फत जानकारी गराईएको छ ।

कोरोना महामारीको कारण लामो समय पछि बिद्यार्थीहरुको पठनपाठन सञ्चालन भएको, रास्ट्रपति रनिङ शिल्ड तथा नगर प्रमुख कप प्रतियोगिता हुँदा समेत बिद्यालय बन्द भएकोले अर्को सुचना नभए सम्मका लागि बिद्यालय बन्द नगर्न शिक्षा युवा तथा खेलकुद शाखाले एक सुचना जारी गरेको छ ।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमन्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूलक असरका कारण विद्यालयहरु २० गतेसम्म बन्द हुने सूचना जारी भएता पनि यस नगरपालिकाभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशानुसार सुचित गरिन्छ’ जारी सुचनामा उल्लेख गरिएको छ ।

सरकारले वातावरण प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै आजदेखि ४ दिनसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया