
यहाँ वादी, गन्दर्भ, परियार, सार्की, विक, चनारा, कसेरा, ओर, तिरूवा,सुनार र बिटालु गरि ११ जाति छन् । यी सबैलाई दलित भनेर छुवाछुत गरिन्छ । म पनि यो समस्याको पीडामा छु । मेरो पुर्खा जुम्लाको कल्याल शाही रहेछ ।
यो राजा सिकार खेल्न मैन, कालाखोली पुगेर भान शाही राजा र भान्मति रानी रहेको र कामीको हातको पानी खाएकोले जात गएको रहेछ । बल्यो डुम, रूपसे पानीको ठाउँ रहेछ । अझै पनि सो पानी पुरेको कुरा छ ।
घाटको ढुङ्गा, जुम्का निगाला बारी ,राँगा चौतारी र राँगा बाँचिलो देउता हाम्रो पुर्खा राजालाई दिएको रहेछ । जात गए पछि उलङ्गे पुनका घरमा बसेर घरेजुवाई बसेछ । जात गएपछि रग्दा गाविस ४ रावतगाँउमा बसोबास गरि कामीसँग पानी चल्ने भई जात पाएका छौं ।
हाल म नेपाली कामी विक विश्वकर्मा हुँदै सुनार कक्षा ९ को रजिस्टेशनबाट राखेको हुँ । हाल दमाई , बस्नेत, गिरी र रावतसित विवाह छ । कोही गहतराज कोहीँ कामी,र कोही सुनार भएका छौं । बाजेको नाम रामे पुन थर छ । तीन पिढीँ भएको छ ।
मैले जन प्रभा मावि लिकु डोल्पामा मन्त्री मोतीप्रसाद पहाडीको सप्ताहमा टीका लगाँउदा कोटका बाहुन मेरै कक्षा ६ का साथीहरूले यो डुम हो भनेर चिनाएपछि दिन भरी दापुको जङ्गलमा लुकेर कालिका माविमा पढ्न पाइन्छ कि भनेर तत्कालीन प्रअ स्व दत्तबहादुर रोकाय सर संग पुगेको छु । उहाँ नेकपा एमाले भएकोले छुवाछुत हुँदैन कि भनेर म पूर्णबहादुर सुनार र मेरा कान्छा बा छोरा नरबहादुर गहतराज दुई भाइ थियौं ।
अनेरास्ववियु क्रान्तिकारीको सहिद नन्द न्यौपानेको संयोजकमा गठन लिकुको तल जङगलमा गर्दा रेस्टिकट गरेको र पहलबहादुर रावत ,नरबहादुर गहतराज, पहलबहादुर रावल ,सुनिता ध्यार ,टकबहादुर ध्यार जयबहादुर ध्यार ,तुलबहादुर ध्यार लहँका भद्र खड्का ,दुधे बिक र मैले माफी मागेर पढ्न पाएँ ।
त्यस बेला जुफाल आदर्श मावि पनि दुनै कतै पढ्न नपाएको हुँदा जाजरकोट आएर कालीबहादुर मल्ल सरसित भनेर त्रिमावि खलंगामा पढ्न नपाएर रूकुम चौरजहारी शशिराम कार्की सर प्रअ भएकोले त्यहाँ पुगेर एकरात खाना दिनुभयो । जनमोर्चाका भएकोले गएका थियौं ।
यो समस्या अन्तर जातमा छ । आफ्नै जातमा छैन । यो समस्या वेदमा छैन । पछि राजनीतिले र मनु हुँदै जङगबहादुर राणाले कानुन बनाएर लागू गरे पछि झनै संस्कारको रूपमा विकृति चलेको हो । राजा महेन्द्रले २०२०का छुवाछुत मुक्त भनेपनि हालका दलमा गैरदलित समुदाय ठूलो संख्यामा बौद्धिकहरूको विकास हुन पुगेको छ । राजनीतिक दलमा थोरै भए पनि दलित छन् ।
यो विभेद जातीय ,राजनीतिक ,लिङ्ग , भाषा, रङ,भूगोल , धनी,गरिब,शिक्षित अशिक्षित गोरो कालो,भैंसी खाने बङगुरखाने जस्ता विभेद छ । दलित भूमिहीन ,सुकुम्वासी र अव्यवस्थित पनि चुनावी नारा र राजनीतिक र प्रशासनमा नयाँ नयाँ तरिकाले बहिष्कृत यथावत् छ । जाजरकोटमा दलितहरू बेरोजगार,भूमिहीन ,बालीघरे प्रथा जागिर खोसिने ,हत्या,बलात्कार र कुटपिट शोषण छ ।
लेखक सुनार भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटका नेपाली शिक्षाका उपप्राध्यापक हुन् ।
















































। १६ चैत्र २०७७, सोमबार