विश्वभर कोरोना बाट २७ लाख ९१ हजार मानिसको मृत्यु

फाइल तस्विर 

विश्वभर कोरोना भाइरस कोेभिड १९ का कारण हाल सम्म २७ लाख ९१ हजार मानिसको मृत्यु भएको छ ।

हाल सम्म विश्वभरमा १२ करोड ७४ लाख ६ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै १० करोड २६ लाख मानिसहरु भने उपचार पछि स्वस्थ भएका छन् । अमेरिकामा मात्रै ५ लाख ६२ हजार मानिसहरुको कोरोनाकै कारण मृत्यु भएको छ ।

यस्तै ब्राजिलमा ३ लाख १० हजार मानिसको मृत्यु भएको छ भने बेलायतमा १ लाख २६ हजार मानिसको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण हाल सम्म १ लाख ६१ हजार मानिसहरुको मृत्यु भएको छ । इटलीमा १ लाख ७ हजारको मृत्यु कोरोनाकै कारण भएको छ भने फ्रान्समा ९४ हजार मानिसको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया