
सुर्खेत, १४ चैत्र । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप–२०७७ खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम चुलि युवा क्लबले हात पारेको छ। फाईनलमा प्रवेश गरेको रुकुम पश्चिमलाई ३–० को सोझो सेटमा हराउदै उपाधि हात पारेको हो।
वीरेन्द्रनगरको जिल्ला खेलकुद विकास समितिको उत्तरतर्फको खेल मैदानमा भएको प्रतियोगितामा रुकुम पश्चिमलाई हराउँदै प्रथम चुली कप–२०७७ को उपाधी आयोजकले हात पारेको चुली युवा क्लवका अध्यक्ष महेश जि सीले वताएका छन्।चुली युवा क्लवले उपाधीसँगै दुई लाख नगद टर्फी,मेडल र प्रमाण पत्र पाएको छ।
उपाधीको दावेदार मानिएको रुकुमपश्चिमले दोस्रो स्थान तय गरेको छ । दोस्रो स्थान हात पार्नेले नगद एक लाख पचास हजार,टर्फी,मेडल र प्रमाण पत्र पाएको छ।तेस्रो स्थान हात पार्ने हाम्रो कम्प्युटर सुर्खेत र चौथो बनगाड कुपिण्डे युवा क्लव रहेको छ।
तेस्रोले नगद एक लाख र चौथोले पचास हजार नगत सहित टर्फी,मेडल र प्रमान पत्र पाएका छन्।समापन कार्यक्रममा विभिन्न संघ संस्था,सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।
















































। १४ चैत्र २०७७, शनिबार