मालपोत कार्यालयको आठ करोड राजस्व संकलन, आर्थीक बर्षको हाल सम्म मात्रै !

सुबिधाको शुल्क तिर्न दुविधा,  छैन लेखापढीमा एकरुपता, व्यवसायी पिच्छे भिन्नभिन्नै शुल्क

जाजरकोट, ५ चैत्र । मालपोत कार्यालय जाजरकोटले ८ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७७÷ २०७८ को फागुन सम्मको अवधिमा उक्त रकम सङ्कलन गरेको हो ।

कार्यालयले रजिष्टेशन, नामसारी, संशोधन, दाखिला खारेज, दृष्टि बन्धक, रोक्का फुकुवा, दण्ड जरिमाना, पुजीँगत लाभकर, प्रतिलिपि, रातो पुर्जा विक्री लगायतबाट राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख डिल्लीबहादुर केसीले जानकारी दिए ।

कार्यालयबाट पुसमा ४५ लाख, मङ्सिरमा ८५ लाख, कार्तिकमा ४४ लाख, असोजमा ५ करोड ३६ लाख, भाद्रमा १२ लाख ९६ हजार, साउनमा ७१ लाख, माघमा १६ लाख ४३ हजार २ सय ४६, फागुनमा २१ लाख ८५ हजार गरी ८ करोड ३२ लाख २४ हजार २ सय ४६ रुपैयाँ राजश्व रकम सङ्कलन गरेको छ ।

तपाईको प्रतिक्रिया