
एजेन्सी : उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले अमेरिकालाई ‘दुर्गन्ध नफैलाउन’ चेतावनी दिएकी छिन्।
अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले आफ्नो कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरिरहँदा किम यो–जङको यस्तो चेतावनी आएको हो।
एक सरकारी सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै उनले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको पनि आलोचना गरेकी छिन्। अमेरिकी सरकारले उत्तर कोरियासँग कूटनीतिक सम्पर्कका लागि निरन्तर प्रयास गरे पनि त्यो सफल नभएको बताएको छ।
उत्तर कोरियाले अहिलेसम्म बाइडनको कार्यकाल सुरू भएको विषयमा बोलेको छैन।
‘समुद्र पारीबाट हाम्रो जमिनमा बारुदको गन्ध फैलाउन संघर्ष गरिरहेको अमेरिकाको नयाँ प्रशासनलाई एउटा सुझाव : आउने चार वर्ष शान्तिपूर्वक जिउने इच्छा छ भने पहिलो चरणमै दुर्गन्ध फैलाउने कामबाट परै रहनु ठीक!’ जोङले भनेकी छिन्।
















































। ३ चैत्र २०७७, मंगलवार