नलगाड दशको आफ्नै भवन

जाजरकोट, २३ फागुन । जिल्लाको नलगाड नगरपालिका वडा नं १० ले आफ्नै भवन निर्माण गरी सेवाप्रवाह संचालनमा ल्याएको छ । शुक्रबार रावतगाउँमा वडा कार्यालयको नगर प्रमुख टेकबहादुर रावलले भवनको उदघाटन गरेका हुन ।

नगरपालिकाले आब ०७५, ०७६ को तेस्रो नगर सभाबाट अनुदान २४ लाख १५ हजार र नलगाड नगरपालिकामा समग्र गतिविधिको हिसाबमा पुरुस्कृत गरेबापत रु ५ लाखबाट शौचालय र फिल्ड निर्माण गरिएको छ ।

स्थानीय तह नगरपालिका तथा प्रदेश सरकारको सहयोगमा सडक संजाल वडाकार्यालयमा जोडिएपछि औपचारिक रुपमा वडा कार्यालय उदघाटन भएको हो । जाजरकोट नलगाड नगरपालिकामा रहेका १३ वटै वडामा कार्यालय निर्माणको प्रक्रियामा रहेता पनि औपचारिक रुपमा कार्यालय उदघाटन् सगै संचालन गर्ने वडा १० नम्बर प्रथम रहेको छ ।

प्रेमबहादुर रोका जीत, राजेन्द्र जस्ता जनयुद्धका बीर शहिदको जन्म भुमी रहेको रावतगाउँमा विकासको गती तिब्र स्तरमा भैरहेको र उनीहरुको सपना साकार हुने नगर प्रमुख रावलले बताए । साथै यो नगरपालिकाका सबै जनसमुदायले ब्यबस्था परिबर्तनको लागि जनयुद्धमा ठुलो योगदान पुर्याएको र यीनै भिरपाखामा आफुहरुलाई लुकाइराखेको कुरा स्मरण गर्दै त्यो सहयोगको ऋण तिर्नकै लागि आफु जिम्मेवार ठाउँमा रहेको कुरा उनले बताए ।

वडा नं ८ का वडा अध्यक्ष अर्जुन बहादुर सिंहले रावतगाउँमा पहिलो पटक आएको बताउदै आफु पढ्ने बेला गुरु नारायण शर्माले गोपनियताबारे बताउदै रावतगाउँ र ध्यारगाउँको विगतमा उदाहरण दिएको स्मरण गरेका थिए । त्यतिबेलाकै कम्युनिस्ट गाउँ साच्चै अहिले पनि कम्युनिस्ट गाउनै रहेको आफुले पाएको उनको भनाइ छ ।

कार्यक्रममा सोही वडाका अध्यक्ष भद्रबहादुर ध्यार, ८ नम्बर वडा अध्यक्ष अर्जुन बहादुर सिंह, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर रावत, सोही पार्टीका नगर कमिटी अध्यक्ष गणेश सिंह, प्राबिधिक सब इन्जिनियर जनक खड्का लगायतको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया